जेसीजको साप्ताहिक कार्यक्रम शुरु, पहिलोमा शुभ–कामना आदान–प्रदान
नेपालगन्ज, ३ बैशाख – नेपालगन्ज जेसीजले ‘‘जेसीज सप्ताह’’ कार्यक्रम सुरु गरेको छ । जेसीजले बिगतका बर्षमा झैं यस बर्ष पनि साप्ताहिक रुपमा गरिने कार्यक्रमलाई रुटिङ बनाएर कार्यक्रम सुरु गरेको हो ।जेसीज सप्ताहको पहिलो कार्यक्रम नयाँ वर्ष शुभकामना आदान–प्रदान बागेश्वरी मन्दिरको पार्कमा सम्पन्न भईसकेको छ । जसको नेतृत्व मोहित बाबू शर्माको मुल संयोजकत्वमा कार्यक्रम संयोजक जेसी सन्दीप गुप्ता, सह–संयोजक जुनियर जेसीज शिशिर सुवेदी रहनु भएको थियोे भने प्रमुख अतिथि नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसि नबराज उपाध्यायबाट औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेर सुरुवात भएको थियो ।
उपाध्यायले उद्घाटन गर्दै विगतका दिनहरुमा भन्दा यसपटक अझ राम्रो कामहरु होस् भन्दै नयाँ २०८१ र जेसीज सप्ताहको लागि अग्रिम शुभकामना दिएका थिए ।त्यस्तै नेपालगन्ज जेसीजका वर्ष २०२३ का अध्यक्ष जेसी रोशन केसीले जेसीज सिक्...









