नेपालगन्ज, ८ बैशाख – सिटिजन्स बैंक इन्टरनेशनलको १७ औं वार्षिकोत्सवको अवसर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसराम शुक्रवार बैंक कर्मचारी व्यवसायी, बिद्यार्थी लगायत २७ जनाले रक्तदान गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनल नेपालगन्ज शाखाको आयोजनामा वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनलका क्षेत्रीय उपप्रबन्धक बिनय गौतम र नेपालगन्ज शाखाका प्रबन्धक गोबिन्द पन्तले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरीलाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
१७ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल क्षेत्रीय उपप्रबन्धक बिनय गौतम, गुलरिया शाखाकी तेजिता आचार्य, लमही शाखाका प्रबन्धक मोहन सिग्देल, कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, सुशान्त पन्थी, गणेश खनाल, बिरेन्द्र हियान, बिशालराज भट्टराई, गोबिन्द खडका, जमुना देवी बुढाथोकी, नितेश जायसवाल, सिद्धार्थ भारती (अजय), ममता बस्नेत, दिपा वाइबा, किरन कुमार श्रेष्ठ, सन्तोषकाजी शाक्य, धन बहादुर सिंह, सन्दिप श्रेष्ठ, लवकेश कुवँर, सुरज वर्मा, बिशाल सुनार, बिनित केसी, मुक्ति कोइराला, सुजल केसी, नवराज थापा, कुशल थारु, हरि थारु लगायत २७ जनाले रक्रदान गरेका थिए ।
सो अवसरमा कोहलपुर शाखाका सुरेश रेग्मी, बढैयाताल शाखाका सुनिता क्षेत्री, कामना शर्मा, सानोश्रीका नृप खत्री, लक्षमण बिसी, नेपालगन्ज शाखाका लक्ष्मी वर्मा, गायत्री शर्मा, शशीराज चौधरी, गुञ्जलता गुप्ता, रेनुका रोका, शशीकुमारी महतो, प्रिती खडका, लोकेन्द्र मल्ल र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवालको पनि सहभागिता रहेको थियो ।
यसैगरी १७ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल कोहलपुर शाखाले बैशाख ७ गते शुक्रवार ५ वटा शाखाको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटा, होमराज गिरी, सन्दिप आचार्य, केशर सिंह डाँगी र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।