Wednesday, November 27सत्यम खबर
Shadow

मिस नेपालको अडिसनको लागि आवेदन दिन आमन्त्रण

नेपालगन्ज, ९ बैशाख – द हिडन टे«जरले अति प्रतीक्षित मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतिष्ठित प्रतियोगिताको लागि नेपाली इच्छुक युवतीहरुलाई आवेदन दिन आमन्त्रण गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाईएको छ ।
मिस नेपाल २०२४ को ग्रान्ड फिनाले श्रावण १९ गते गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ भने ग्रान्ड फिनालेको प्रत्यक्ष प्रशारण कान्तिपुर भिटीबाट हुने आयोजकद्वारा जनाईएको छ ।

oplus_0


मिस नेपाल विजेताहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेर फर्किएका छन् । जुन नेपालका लागि गौरवणीय पक्षहरु हुन । मिस नेपाल इन्टरनेशनल २०२३–प्रसिद्धि टोकियोमा अक्टोबर २६, २०२३ मा सम्पन्न मिस इन्टरनेशनलमा, मिस नेपाल अर्थ २०२३– रैना मजगैया भियतनाममा डिसेम्बर २०, २०२३ मा सम्पन्न मिस अर्थमा र मिस नेपाल वल्र्ड २०२२– प्रियंका रानी जोशी भारतमा मार्च ९, २०२४ मा सम्पन्न मिस वल्र्डमा सहभागी भएको जानकारी पत्रकार सम्मेलनमा गराएका थिए ।

oplus_0


तिनीहरुको आफ्नो सहभागिता र उपस्थितिले राष्ट्रलाई गौरवणीय बनाएका जानकारी गराउँदै मिस वल्र्ड प्रतियोगितामा मिस प्रियंका रानी जोशीले उक्तृष्ट ४० मा स्थान हासिल गर्दै एशिया र ओशिनिया क्षेत्रबाट प्रतिष्ठित ब्यूटी विथ पर्पस प्रोजेक्ट विजयी भएको जानकारी दिएका छन् ।
यसैगरी यस वर्ष २०२४ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित ईच्छुक युवतीले आवेदन दिन सक्ने बताईएका थियो । प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुने छन् जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशन रहने छ ।

oplus_0


यस वर्षको मिस नेपाल प्रतियोगितामा डाबर वाटिका मुख्य प्रायोजकको रुपमा रहेको छ भने गाल्डार्मा सेटाफिल र वाल्सल्य आईभीएफ सह–प्रायोजकको रुपमा रहने जानकारी गराईएको थियो । साथै अन्य उपशिर्षक, प्रायोजकहरु, साझेदारहरु र समर्थकहरु समेतलाई उनीहरुको अमूल्य योगदानको लागि कृतज्ञता व्यक्त गरिएको थियो ।

oplus_0


प्रतियोगितालाई फराकिलो बनाउँदै यस पटक मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरु खोजी बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाण्डौ लगायत विभिन्न शहरहरुमा हुनेछ । फाइनल अडिसन मे १८, २०२४ मा काठमाण्डौमा सम्पन्न हुने आयोजकद्वारा जानकारी गराउँदै त्यसमा छनौट भएका प्रतियोगिहरुले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिने छन् जानकारी दिए ।
नेपालगन्जमा हुने अडिसनको सम्पूर्ण सहकार्य नेपालगन्ज जेसिसले गरि रहेको आयोजित पत्रकार सम्मेलनमा बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *