Wednesday, July 29सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

भन्सार सीमा नाकामा दैनिक भण्डारा जारी

भन्सार सीमा नाकामा दैनिक भण्डारा जारी

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – विश्व कोभिड–१९ को महामारीमा पीडित रहेको बेला सबै ठाउँमा सहयोगी मनहरुले सहयोग गर्ने गरेको उदाहरणहरु प्रसस्त पाईन्छ । त्यही सहयोगी मनहरुमा नेपालगन्ज भन्सार कार्यालय प्रा·णमा करीब एक महिनादेखि निरन्तर रुपमा सीमा नाकाबाट आवत–जावत गर्नेहरुलाई खाना (भण्डारा) खुवाउने कार्य गरिरहेको सहयोगी ध्रुब शर्माले बताउनुभयो ।सहयोगी शर्माका अनुसार रुपईडिहा सीमासँग जोडिएको सीमा नजिक रहेको भन्सार कार्यालय नेपालगन्जको प्रा·णमा जय गुरुदेव बाबाका भक्तहरुद्वारा एक महिनादेखि दैनिक रुपमा भण्डारा आयोजना हुँदै आईरहेको जनाउनुभयो । ढोढे गाँव बस्ने राजेश सोनीको भनाई अनुसार शुद्ध मन र भक्तीभावद्वारा सहयोग (दान) स्वीकार गरिएको छ । हामीले कसैलाई केही सहयोग गर्नुपर्छ भनी आजसम्म नभनेको र आउने दिनमा समेत कसैलाई भनिने छैन् ।सहयोगी सोनीका अनुसार हामीले कुनै सरकारी, गैरसरकारी, संघ, संस्था वा कार्यालयबाट...
अपडेटः बाँकेका १० जनासहित ११ जनामा कोरोना पोजेटिभ

अपडेटः बाँकेका १० जनासहित ११ जनामा कोरोना पोजेटिभ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – जिल्ला का १० जना सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।आज शनिबार कोरोना पोजेटिभ पुष्टि हुनेमा बाँकेका १० जना र बर्दियाका १ जना गरि जम्मा ११ जना रहेको भेरी अस्पताल नेपालगन्जका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार २४ घण्टामा ३ सय ५० जनाको नमूना संकलन गरी परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ पुष्टी भएको बताउनुभयो । भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा कोहलपुरका ५ जना, नेपालगन्जका ३ जना र जानकी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने १ जना बर्दियाको मधुवनका रहेको बताउनुभयो ।यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय १७ पुगेको छ । जसमा २ जना महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।...
‘राजनीतिक खिचातानीले गर्दा नै बाँकेको विकासमा अवरोध’ पूर्वमन्त्री राई

‘राजनीतिक खिचातानीले गर्दा नै बाँकेको विकासमा अवरोध’ पूर्वमन्त्री राई

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५, जमुनाह पिप्रहवामा हाईमास्ट लाइट जडान तथा निर्माण कार्यको प्रतिनिधिसभा सदस्य एवं पूर्व शहरी विकास मन्त्री मो. ईस्तियाक राईद्वारा शिलान्यास गरिएको छ । उक्त शिलान्यास कार्यक्रममा पूर्वमन्त्री राईले आफू मन्त्री भए कै बेलाको यो योजना हो, जसमा नेपालगन्ज उपमहानगरपालिकामा ३९ वटा र कोहलपुर नगरपालिकामा १३ वटा गरी जम्मा ५२ वटा हाईमास्ट लाइट जडान गरी बाँके जिल्लाको सदरमुकामलाई झिलिमिलि बनाउने योजना रहेको बताउनुभयो । पूर्वमन्त्री राईले भन्नुभयो– ‘नेपालगन्जलाई झिलिमिलि बनाउन योजना ल्याईयो तर कोभिड–१९ को संक्रमणले गर्दा कार्यप्रगतिमा केही ढिलो हुन गएको तथा सम्बन्धित मन्त्रालयमार्फत ६ महिनाको समय थप दिएको हुँदा अब हदै भए २ महिनामा जडान गरिनेछ ।’ उहाँले– ‘मैले राजीनामा दिईसके पश्चात यो मास्टलाईट नेपालगन्जको एतिहासिक ठाउँमा जाडन गर्नुपर...
आज शनिबार २१ जना डिस्चार्ज

आज शनिबार २१ जना डिस्चार्ज

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – बाँकेमा ५ सय ६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । आज शनिवार २१ जना संक्रमित डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ५ सय ६८ पुगेको फोकल पर्सन नरेशबाबु श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।आज जिल्ला समन्वय समितिका उपसचिव सहित २१ जना डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी गराउनुभयो । साउन २४ गते कोरोना संक्रमणमा पर्नु भएका जिल्ला समन्वय समितिका उपसचिव १४ दिन आइसोलेसन बसेर आज शनिबार डिस्चार्ज हुन लाग्नु भएको छ ।बाँकेमा संक्रमितको संख्या ८ सय ७ पुगेको छ । अहिले विभिन्न आइसोलेसनमा २ सय ३५ जना छन् । कोरोना संक्रमणबाट बाँकेमा २ महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।...
अपडेटः आज बाँकेका १६ जनामा कोरोना संक्रमण

अपडेटः आज बाँकेका १६ जनामा कोरोना संक्रमण

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – बाँके जिल्लामा आज शुक्रबार १६ जना कोभिड–१९ पोजेटिभ देखिएका छन् ।नेपालगन्जको भेरी अस्पतालको पिसिआर ल्याबबाट प्राप्त जानकारी अनुसार १६ जना कोभिड–१९ पोजेटिभ पुष्टि भएको बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।यो सँगै बाँके जिल्लामा जम्मा पोजेटिभ संख्या ८ सय ३ जना पुगेको छ भने २ सय ५२ जना उपचारमा रहनुका साथै ५ सय ४७ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । बाँकेमा ८ सय ३ जना संक्रमित मध्ये ५ सय ४७ जना निको भई डिस्चार्ज भएका छन् भने २ सय ५२ जना हाल उपचारमा रहेको फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।यो सँगै बाँकेमा २ महिला सहित ४ जनाको मृत्यु भईसकेको छ ।...
तिजको अवसरमा पूर्वमन्त्री राईदेखि प्रशासन प्रमुखसम्मले के–के लेखे स्टाटसमा….

तिजको अवसरमा पूर्वमन्त्री राईदेखि प्रशासन प्रमुखसम्मले के–के लेखे स्टाटसमा….

धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – बाँके जिल्ला लगायत देशभरमा आज हरितालिका तीजको रौनक नभएपनि सार्वजनिक सञ्जाल फेसबुक, ट्युटर, इमो लगायतमा शुभ–कामना आदान प्रदान गर्नुका साथै कोभिड–१९ को संक्रमणबाट जोगिन घरमा बसी तिज मनाऔं भनी स्टाटसहरु देख्न पाई्रन्छ ।सोही सार्वजनिक सञ्जालको प्रयोग बाँकेका जनप्रतिनिधिहरुदेखि लिएर प्रशासन प्रमुखहरुले समेत गरी विभिन्न सन्देशहरु शुक्रबार प्रवाह गरेका छन् । सोही क्रममा पूर्व मन्त्री एवम् बाँके क्षेत्र नं. २ का सांसद मोहम्मद ईस्तियाक राईले ईस्लामिक नयाँ वर्ष १४४२ हिजरी तथा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज–२०७७ को सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुमा शुभकामना व्यक्ति गरिनुका साथै तीज र मोहर्रम जस्ता महान चाड पर्वहरुमा गरिने सबै प्रकारका जमघट, भेला, धार्मिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रमहरु आ–आफ्नो घर भित्रै सुरक्षित भएर गरिदिनु हुन...
नाचौ, तीज आठौँ सिजनमा कृष्णसार एफएमको डिजिटल प्रतियोगिता

नाचौ, तीज आठौँ सिजनमा कृष्णसार एफएमको डिजिटल प्रतियोगिता

आर्थिक, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – हरेक बर्ष तीज गीत प्रतियोगिता गर्दै आएको कृष्णसार एफएमले कोरोनाका कारण यसबर्षको प्रतियोगिताको स्वरुप परिवर्तन गरेको छ । बाँके र बर्दियाका साना–ठूला सहरमा पुगेर प्रतियोगी छनोट गर्दै आएको उक्त एफएमले यसबर्ष डिजिटल प्रतियोगिताको अवधारणा अघि सारेको छ । प्रतियोगीले आफूलाई मन परेको गीतमा नाचेर एफएमलाई पठाएको प्रतियोगिताका संयोजक माधव अधिकारीले बताए । उनले प्रतियोगीले तीज गीतमा नाचेको भिडियो २ भाद्रमा एफएमको पेसबुक पेजमा अपलोड गरेको बताए । प्रतियोगीले खेत, बारी, सडकमा नाचेको भिडियो एफएमलाई पठाएको उनको भनाई छ । ‘प्रतियोगीको भिडियोमा आएको लाइक र भ्यूजको आधारमा छनोट गरिने छ,’ उनले बताउनुभयो ।नाचौ, तीज आठौँ सिजन डिजिटल प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगिताका लागि ५० जनाले भिडियो पठाएको उनले जानकारी दिए । ति मध्ये पहिलो चरणमा २५ जना प्रतियोगीको भिडियो छनोटमा परेको उनले बत...
हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?

हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज शुक्रबार तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । तस्वीर : फेसबुकबाट तस्वीर : फेसबुकबाट सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको बाँकेको बागेश्वरी र्मिन्दरमा रहेका जुँगे महादेव, त्रिभुवन चोक शिवमन्दिर, फुल्टेक्राका शिवमन्दिर, काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज शुक्रबार बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्ने गर्थियो तर यस बर्ष कोरोना संक्रमणका कारण सरकारले सामुहिक नाच गानमा रोक लगाएको हुँदा घर मै बसी मनाउने गरिएको छ ।हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याल...
एकै दिन ५१ जना कोरोना मुक्त

एकै दिन ५१ जना कोरोना मुक्त

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – आईसुलेसन अवधि पूरा गरी बाँकेका विभिन्न आईसुलेसन सेन्टरबाट शुक्रबार ५१ जना डिस्चार्ज भएका छन् ।विहिबार हरितालिका तीजको बहानामा आईसुलेसन अवधि भन्दा एक दिन अगावै डिस्चार्ज गर्न लागिएको खबर सामाजिक संजालमा बाहिरएपछि चर्को विरोध भएको थियो । सोहीलाई ध्यानमा राखी प्रशासनले उनीहरुलाई विहिबार राती १२ बजे डिस्चार्ज गर्ने आश्वासन दिएको थियो । तर, आफूहरु राती १२ बजे डिस्चार्ज नहुने संक्रमितहरुले राखेपछि उनीहरुलाई शुक्रबार बिहानै डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।ब्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल पनि शुक्रवार बिहान डिस्चार्ज भएका छन् । ‘मापदण्ड अनुसार १४ दिन आईसुलेसन अवधि पुरा गरेका ५१ जनालाई थप ७ दिन होम आईसुलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको छ,’ फोकल पर्सन श्रेष्...
राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

आर्थिक, प्रदेश १, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
ललितपुर, ५ भाद्र–राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समिक्षा वैठक बिहीवार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित भर्चुअल वार्षिक समिक्षा वैठकले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ शेयर सदस्य, २ अर्ब ५० करोड शेयर पूँजि, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित योजना पूर्ण रुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी शेयर सदस्य २ अर्व २२ करोड शेयर पुँजि, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।समिक्षा वैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन ग...