Thursday, July 30सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

खजुराका स्वास्थ्य संस्थाहरुको समीक्षा

खजुराका स्वास्थ्य संस्थाहरुको समीक्षा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गरिएको छ । खजुरा गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुको तथ्यांक प्रमाणिकरणसहति प्रस्तुतीकरण र समस्याहरुको पहिचान, स्वास्थ्य सेवा प्रदान गर्दा आइपरेका समस्याहरुको पहिचान गरी निराकरणका उपायहरु पत्ता लगाउने र अगामी योजना तयार गर्ने उद्देश्यका साथ समीक्षा गरिएको हो । खजुरा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. १ देखि वडा नं. ८ सम्मका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुले वर्षभरी गरेका कार्यप्रगतिको समीक्षात्मक तथ्यांक सम्बन्धित स्वास्थ्य केन्द्रका प्रमुखहरुले प्रस्तुत गरे ।कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरालाई स्व...
अपडेटः बाँकेमा ३ महिलासहित ४ जनामा कोरोना  संक्रमण पुष्टि

अपडेटः बाँकेमा ३ महिलासहित ४ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – बाँके जिल्लामा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको दुई सय स्वाब परीक्षणमा कोहलपुर नगरपालिका–११ का १८ र २७ वर्षका पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ४९ वर्षका पुरुष र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट स्वाब संकलन गरिएकी ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार हाल २ सय ११ जना आईसोलेसनमा उपचाररत रहेका छन् । जसमा २ जना महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।...
चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्ने तयारी

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्ने तयारी

विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – कोरोना भारइस विरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ । परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए । तस्वीरः गुगल उनले पछिल्लो समय कोभिड–१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए ।‘चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,’ ज्ञवालीले भने । उनले चीनको ‘होङ्सी ग्रुप’ पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए । ज्ञवालीले भने, ‘उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच...
हमाल ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित

हमाल ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – जिल्ला प्रहरी कार्यालय बाँकेले श्रावण महिनाभरी उत्कृष्ट काम गर्ने तिन प्रहरीलाई पुरस्कृत गरेको छ । आईतबार बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले कोरोना कालमा अग्रपन्थीमा रही उत्कृष्ट कर्तब्य निर्वाह गर्ने प्रहरी नायब निरीक्षक अनुरुप यरी, प्रहरी जवान सन्तोष पौडेल र प्रहरी जवान देबेन्द्र हमाललाई पुरस्कृत गरेका छन् । उनीहरुमध्ये प्रहरी जवान हमाल ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित गरिएको छ । हमाललाई कदरपत्र सहित अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको छ । श्रावण महिनामा उत्कृष्ठ काम गर्ने कर्मचारी मध्ये उनी श्रावण महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।प्रहरी नायव निरीक्षक यरी र प्रहरी जवान पौडेललाई अभिलेखमा उल्लेख हुने गरि नगद पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको छ ।विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसाय...
डाक्टर र प्रहरीसहित १४ डिस्चार्ज

डाक्टर र प्रहरीसहित १४ डिस्चार्ज

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – बाँकेको नेपालगन्जबाट सोमबार डाक्टर, नर्स र प्रहरी सहित १४ जना कोरोना मुक्त भएर डिस्चार्ज हुँदैछन ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई डाक्टर, एक नर्स र वडा प्रहरी कार्यालयका चार प्रहरी सहित १४ जना डिस्चार्ज हुन लागेका छन् । विभिन्न आईसोलेशनमा बसेका उनीहरुलाई आजै सोमबार डिस्चार्ज गर्ने तयारी गरिएको श्रेष्ठले बताए । श्रावण २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार सुरु गरिएको थियो ।आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखीएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गर्न लागिएको श्रेष्ठले स्पष्ट पारे ।बाँकेमा हालसम्म ८ सय २९ र अन्य जिल्लाका ४ गरी ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये, ४ जनाको मृत्यु भइसकेको छ । आज हुने डिस्चार्ज सम...
बाँके युनेस्कोद्वारा जमुनाहा नाकामा खाना, पानी र मास्क वितरण

बाँके युनेस्कोद्वारा जमुनाहा नाकामा खाना, पानी र मास्क वितरण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – बाँके युनेस्को क्लबले भारतबाट स्वदेश फर्किएका २५ हजार भन्दा बढी नागरिकलाई जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा गत जेठ २२ गतेबाट नाकामा शुरु गरिएको तयारी खाना, पानी र मास्क वितरण कार्यलाई आईतवार समापन गरिएको छ ।बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले समापन कार्यक्रममा बोल्दै गत १ दिनको अवधीमा भारतबाट फर्किएका २५ हजार १२ जना सर्वसाधारणलाई जमुनाहस्थित होल्डिंग सेन्टरमा तयारी खाना, पानी र मास्क वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार शुरुमा एक महिनाका लागि मात्र वितरण गर्ने लक्ष्य राखिएपनि पछि स्थानीय प्रशासन र उपमहानगरपालिकाको आग्रहमा समय थप गरिएको थियो ।सो वितरण कार्यको समापन गर्दै नेपालगन्ज उपमहानगरका ...
अपडेटः ६ महिलासहित ८ जनामा कोरोना पोजेटिभ पुष्टि

अपडेटः ६ महिलासहित ८ जनामा कोरोना पोजेटिभ पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – बाँके जिल्लाका ६ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । आज आईतबार कोरोना पोजेटिभ पुष्टि हुनेमा कोहलपुरका २ जना, नरैनापुर गाउँपालिकाका १ जना र नेपालगन्जका ५ जना गरी जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा हालसम्म गरिएको पिसिआर परिक्षणमा ८ सय २९ जना संक्रमण पुष्टि भएको छन् भने ६ सय १४ जना निको भई डिस्चार्ज भईरहेका फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार हाल २ सय ११ जना आईसोलेसनमा उपचाररत रहेका छन् । जसमा २ जना महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।...
सुरक्षित भएर घर मै मोहरर्म मनाउन अनुरोध

सुरक्षित भएर घर मै मोहरर्म मनाउन अनुरोध

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति केन्द्रिय कार्यालय नेपालगन्जका अध्यक्ष गुलाम हुसेन हलुवाइ “वारसी” फिरोजले समुदायलाई यसपटकको मोहर्रम पर्वलाई सुरक्षित भएर घर मै मनाउन अनुरोध गरेका छ्न । कोभिड–१९ को महामारीका कारण विगत ६ महिनादेखि सबै धार्मिक कार्यहरु घरमै गर्नु परिरहेको छ । मुस्लिम समुदायको मोहर्रम पर्वलाई पनि घरमै मनाउनुकालागि आग्रह गरेका छ्न ।यसैगरी राति गरिने कुनै पनि कार्यक्रमहरु, भेला नगर्न वा ताजिया सेलाउन पालैपालो भिडभाड नगरी सुरक्षित तवरले कर्बला जान अध्यक्षले समुदायलाई अनुरोध गरेका छ्न ।...
चितवनमा योग र प्राकृतिक चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचार गरिने

चितवनमा योग र प्राकृतिक चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचार गरिने

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, ७ भाद्र – चितवनका कोरोना संक्रमितहरूको उपचार अब योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने भएको छ । भरतपुर–१ बागेश्वरीमा रहेको योगी नरहरिनथा योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितका लागि छुट्टै ब्लक स्थापना गरेर उपचार सुरू गर्ने तयारी गरिएको हो । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा उपचारका लागि स्थानको अभाव भएको थियो । लक्षण नदेखिएका कोरोना संक्रमितका लागि ‘लेभल–ए’ अस्पतालका रुपमा गत चैतमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको भए पनि सरोकारवाला बीचमै आपसी खिचातानीका कारण तीन महिना नुग्दै बन्द गरिएको थियो । भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि भनेर छुट्टाइएको ७० शैया भरिभराउ छ ।जनस्तरबाट व्यापक दबाब आएपछि भरतपुर महानगरपालिका र भरतपुर अस्पताललगायतका निकायहरूको समन्वयमा प्राकृतिक चिकित्सालयलाई उपचार केन्द्रका रुपमा प्रयोग गर्न लागिएको हो ।चिकित्सालयका प्रम...
आज वडा प्रहरीका ४१ जनासहित ४६ जना संक्रमण मुक्त भई घर फर्कदैं

आज वडा प्रहरीका ४१ जनासहित ४६ जना संक्रमण मुक्त भई घर फर्कदैं

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – आज आईतबार बाँकेमा ४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कने भएका छन् ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आज आईतबार वडा प्रहरी कार्यालय नेपालगन्जका ४१ जना, नेपालगन्ज उपमहानगरपालिकाका ४ जना र कोहलपुरका १ जना गरि ४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कदैं छन् ।आईतबारसम्म बाहिरी जिल्लाका समेत ८ सय २१ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय १४ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेका छन् ।कोरोना फोकल पर्सन श्रेष्ठले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि २ सय ३ जनाको उपचार भईरहेको जानकारी दिएका छन् । बाँकेमा कोरोना संक्रमणका कारण २ जना महिलासहित ४ जनाले ज्यान गुमाएका छन् ।...