
पाकिस्तानका दिदीबहिनी जसलाई लिंग परिवर्तन गरेर दाजुभाइ बन्नुपर्यो उनीहरूले किन गर्नुपर्यो लिंग परिवर्तन ?
इस्लामावाद, १२ कात्तिक – ‘म इस्लामावादबाट केटा बनेर गुजरात पुगेको छु । यो कुराको मलाई यति खुसी छ कि म बताउनै सक्दिनँ । मलाई सानैदेखि केटीका लुगा मनपर्थेन । मेरो काम र आनीबानी केटाहरूको जस्तो थियो । मेरा सात बहिनीहरू, दुई भाइ पाएर धेरै खुसी भएका छन् । मेरो भाइ पनि खुसी छ ।’यो भनाइ भारतको गुजरात, सोनबडीको दोश्रो वर्षमा अध्ययनरत छात्र वलिद आबिदको हो । केटी भएर जन्मेका उनले लिंग परिवर्तन गरेका हुन् । लिंग परिवर्तन गर्नुअघि उनको नाम बुशरा आबिद थियो ।
आबिद (बाँया) र लिंग परिवर्तन अगाडि (दायाँ) । तस्बिरः बिबिसी
उनकी बहिनी वाफिया आबिदले पनि लिंग परिवर्तन गराएर मुराद बनेका छन् । मुराद अहिले ९ कक्षाका छात्र हुन् । यी दुवै जना पन्जाबको एक जमिनदार परिवारका हुन् ।डाक्टरका लागि एउटा फरक केसवलिद र मुरादका आमाबुवाको सन् १९९३ मा बिहे भएको थियो । बिहेपछि उनीहरूका एकपछि अर्को गर्दै ९ छोरी जन्मिए । दुई ...