Friday, March 7सत्यम खबर
Shadow

विदेश

वरिष्ठ पत्रकार वर्नवाललाई पितृ शोक

वरिष्ठ पत्रकार वर्नवाललाई पितृ शोक

विदेश, समाचार, समाज
नेपालगन्ज, २७ मंसिर – मित्र राष्ट्र भारतबाट प्रकाशित दैनिक समाचार पत्रका परिष्ठ पत्रकार निरज वर्नवाललाई पितृ शोक परेको छ ।रुपैडिया निवासी वरिष्ठ पत्रकार वर्नमानका पिता कैलाश वर्नवाललाई ४ दिन अगाडी ब्रेनहेम्रेज भएको थियो । सोही क्रममा उनी कोमामा गएको तथा उपचारका लागि लखनाऊमा उपचाररत रहेका थिए । सोही उपचारकै क्रममा उनको शुक्रबार करीब १ बजेतिर आफ्नै निवासमा अन्तिम श्वाँस लिंदै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक कैलाश वर्नवाल कपडा व्यापारी रहेको तथा उनी करीब ६ दशकदेखि आफ्नै वर्नवाल बस्त्रालय सञ्चालन गर्दै आईरहेका हुँदा उनको निधनबाट व्यापारीहरुमा शोकको लहर उत्पन्न भएको स्रोतको दाबी रहेको छ ।उनको निधनको जानकारी प्राप्त भएपछि वरिष्ठ पत्रकार निकट संघ संगठनहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।मृतक कैलाश वर्नवालको हिन्दू रिजिरिवाज अनुसार अन्तिम संस्कार आज शनिबार बिहान ९ बजे क्षेत्रीय ...
थप २५ करोड डलर गेट्स फाउण्डेसनले कोरोना नियन्त्रणका लागि दिने

थप २५ करोड डलर गेट्स फाउण्डेसनले कोरोना नियन्त्रणका लागि दिने

आर्थिक, विदेश, समाचार
काठमाण्डौ, (एजेन्सी) २५ मंसिर – कोरोना भाइरस नियन्त्रणको लागि बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले थप २५ करोड डलर सहयोग गर्ने भएको छ ।कोरोना भाइरससँग सम्बन्धित अनुसन्धान तथा खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप रकम उपलब्ध गराउने घोषणा गरेको हो ।यो सँगै कोरोना भाइरसविरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाईमा स्थापित गेट्स फाउन्डेसनबाट भएको कूल प्रतिबद्धता १ खर्ब ७५ अर्ब डलर पुगेको छ । सन् २०२१ मा सबैका लागि कोरोना भाइरससँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ ।सन् २०२१ मा विश्वको अवस्थामा व्यापक सुधार हुने अपेक्षा पनि गरिएको फाउन्डेसनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।फाउन्डेसनकी सह–अध्यक्ष मेलिन्डा गेट्सले विश्वका सबै ठाउँका धनी गरिब सबै किसिमका मानिसले कोारोना भाइरस को खोप सहज र सुलभ रुपमा प्राप्त गर...
कोरोनाविरूद्धको पहिलो खोप ९० वर्षकी महिलाले लगाइन्

कोरोनाविरूद्धको पहिलो खोप ९० वर्षकी महिलाले लगाइन्

विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
लन्डन, (एजेन्सी) २३ मंसिर – ९० वर्षीया वृद्धाले कोरोना भाइरस विरूद्धको खोप लगाएकी छन् । औषधी निर्माता कम्पनी फाइजरर बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप लगाउने उनी पहिलो व्यक्ति बनेकी छिन् ।बेलायत सरकारले कोरोना विरूद्धको खोप वितरण गर्न अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य सेवा मंगलबार खोप वितरण गर्ने कार्यक्रम आयोजना गरेको द गार्डियनले जनाएको छ । मंगलबार बिहान पौन ६ बजेतिर मार्गरेट किनानले खोप लगाएर खोप लगाउने कार्यक्रमको उद्घाटन भएको थियो । नर्स मेबाट खोप लिँदै गरेकी ९० वर्षीया मार्गरेट किनान । बेलायतका ५० वटा अस्पतालमा खोप लगाउन दिइएको छ । त्यहाँ भर्ना भएका ८० वर्ष माथिका बिरामी र डिस्चार्ज हुन लागेका बिरामीहरूलाई सुरूमा खोप दिइनेछ । किनानले कोभेन्ट्रीको युनिभर्सिटी हस्पिटलका नर्स मे पार्सन्सबाट खोप लिएकी हुन् ।किनान पहिले ज्वेलरी पसलमा काम गर्थिन् भने चार वर्षअघिमात्रै सन्य...
नयाँ पार्टी खोल्ने घोषणा गरे रजनीकान्त

नयाँ पार्टी खोल्ने घोषणा गरे रजनीकान्त

राजनीति, विदेश, समाचार
चेन्नई, (एजेन्सी) १९ मंसिर – भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले बिहीबार नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने बताएका छन् । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्दै निर्वाचनमा जाने बताएका छन् । ‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,’ उनले भने ।सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले धेरैसँग परामर्श गरेर पार्टी खोल्ने निर्णयमा पुगेको बताए ।‘मैले पटक पटक विभिन्न व्यक्तिहरूसँग छलफलहरू गरेँ, उहाँहरूको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,’ उनले भनेका छन् । आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता देखिएको रजनीकान्तको भनाइ छ ।तमिलनाडुमा सन् २०२१ को...
बिल गेट्सलाई उछिन्दै एलन मस्क बने संसारकै दोश्रो धनी

बिल गेट्सलाई उछिन्दै एलन मस्क बने संसारकै दोश्रो धनी

आर्थिक, विदेश, समाचार
न्यूयोर्क (अमेरिका), ९ मंसिर – संसारकै धनाढ्यहरूको सूचीमा एक स्थानमाथि उक्लदै एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएका छन् ।’द गार्डियन’ का अनुसार, मंगलबार बिल गेट्सलाई तल पार्दै मस्कले उक्त स्थान ओगटेका हुन् ।मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै मंगलबार उनले धनाढ्य सूचीमा दोस्रो स्थानमा आफ्नो नाम चढाएका हुन् । मस्कले अघिल्लो हप्तामात्रै फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका थिए । एलन मस्क ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा भएको द गार्डियनले जनाएको छ । अहिले आएर उनी दोस्रो स्थान कायम गर्न सफल भएका छन् ।त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट छन् भने जुकरवर्ग थप एक स्थान तल झर्दै पाँचौ स्थानमा पुगेका छन् । बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर धेरै छ ।मस्कको सफलताको पछाडि टेस्लाको सेयर मूल्यमा आएको उछाल प्रमुख रह्यो । टेस्ला...
अमेरिकामा कोरोनाका कारण हुने मृत्यु २ लाख ५० हजार नाघ्यो

अमेरिकामा कोरोनाका कारण हुने मृत्यु २ लाख ५० हजार नाघ्यो

विदेश, शिक्षा/स्वास्थ्य, समाचार
वासिङ्टन, ४ मंसिर – कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या बुधबार २ लाख ५० हजार नाघेको रोयटर्सले जनाएको छ ।संक्रमणको तेश्रो चरण सुरू भएसँगै अमेरिकामा पछिल्लो समय संक्रमित संख्या बढिरहेको र त्यसले त्यहाँको स्वास्थ्य स्वास्थ्य सेवा प्रणालीमा दबाब बनाएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ । तेश्रो लहरका कारण अस्पतालमा संक्रमित भर्ना हुने दर पनि बढेको छ । बुधबारमात्रै त्यहाँ ७८ हजार ६ सय ३० जना संक्रमित फेला परेका छन् । यो संख्या महामारी सुरू भएयता एकै दिन भेटिएको सर्वाधिक ठूलो संख्या हो ।अमेरिकी राज्यका गभर्नर तथा स्थानीय अधिकारीहरूले पछिल्ला दिनमा संक्रमण रोकथामका लागि वीँन्न उपयाहरू अपनाइरहेका छन् ।पछिल्ला सात दिनमा प्रतिदिन १ हजार १ सय ७६ को औषत संख्यामा मानिसहरूले संक्रमणबाट ज्यान गुमाइरहेको पनि रोयटर्सले जनाएको छ । यो संख्या संक्रमण उच्च रहेका ब्राजिल र भारतको संयूक्त...
१४ दिनको न्यायिक हिरासतमा पठाइए अर्नब गोस्वामी

१४ दिनको न्यायिक हिरासतमा पठाइए अर्नब गोस्वामी

विदेश, समाचार
भारत,२० कार्तिक – आत्महत्या दुरूत्साहनको अभियोगमा बुधबार पक्राउ परेका भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।गोस्वामीसँगै अन्य दुईलाई पनि बुधबार राति न्यायिक हिरासतमा पठाइएको छ । न्यायिक हिरासतमा पठाइएका अर्नबका वकिलले जमानतका लागि निवेदन दिइएको र सोको सुनुवाइ आज विहिबार हुनसक्ने बताएका छन् । अर्नब गोस्वामी अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो । प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ ।अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआइडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो ।राज...
बाइडेन २ सय ६४ इलेक्ट्रोलर कलेज भोटले जित नजिक

बाइडेन २ सय ६४ इलेक्ट्रोलर कलेज भोटले जित नजिक

राजनीति, विदेश
नेपालगन्ज, २० कार्तिक – अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन् ।चार वर्ष अगाडि यो राज्य उनीहरूको हातबाट फुस्केको थियो । यी राज्यमा भएको जितले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा दोहोरिने आकांक्षालाई कठिन बनाएको छ । राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ ।अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन् । अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ । हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ ।राष्ट्रपतिमा दोहोरिने चाहना कठिन मोडमा पुगेका ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गरेका छन् ।...
अमेरिकी राष्ट्रपतिको अन्तिम मतपरिणाम कहिले आउला ?

अमेरिकी राष्ट्रपतिको अन्तिम मतपरिणाम कहिले आउला ?

राजनीति, विदेश
नेपालगन्ज, १९ कार्तिक – सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन एउटा विशेष परिस्थिति भइरहेको छ । कोरोना भाइरस महामारीका बीच संसार कै शक्तिशाली मुलुक अमेरिकामा चुनाव भएको हो । महामारीमा भएको चुनावमा भने उल्लेख्य मात्रामा अमेरिकीहरूले मतदान गरेका छन् । तीमध्ये पनि यसपालि हुलाकबाट भोट हाल्ने मानिसहरूको संख्या ह्वात्तै बढेको छ ।मतदान स्थलमा भौतिक दूरी कायम गर्न मुस्किल हुने भएकाले यसपालि मानिसहरूले हुलाकबाट भोट हालेका हुन् । अमेरिकाको चुनावमा संसारको चासो छ । ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहन्छन् कि जो बाइडेन आउँछन् भन्ने टुंगो लागेको सुन्न संसारभरका मानिसहरूमा आतुरी छ । तर ट्रम्पले जित्छन् कि बाइडेन भन्ने टुंगो लाग्न अझै केही दिन वा हप्ता कुर्नुपर्ने हुन सक्छ ।अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेजमा जित्नुपर्छ । विभिन्न राज्यलाई जनसंख्याका आधारमा फरक–फरक इ...
चर्चमा ‘आतंकवादी हमला’, तीन जनाको हत्या

चर्चमा ‘आतंकवादी हमला’, तीन जनाको हत्या

अपराध, विदेश, समाचार
पेरिस, १३ कात्तिक – फ्रान्सको नोट्रेडाम चर्चमा आतंकवादीले तीन जनाको हत्या गरेका छन् । नाइस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीले ट्विटरमार्फत् बिहीबार आतंकवादी हमला भएको बताएका छन् ।उनका अनुसार हमला गर्ने व्यक्तिले आक्रमण गर्दा ’अल्लाहु अक्बर’ वाक्यांश प्रयोग गरेका थिए । पक्राउ परिसकेपछि पनि उनले सो वाक्यांश दोहो¥याइरहेका थिए । चर्च भित्रै हत्या गरिएका व्यक्ति वार्डेन भएको उनले बताए । ‘चक्कु आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन उनीमाथि प्रहरीले गोली चलाएको थियो । उनलाई अस्पताल लगिएको छ । उनी जीवित छन्,’ एस्ट्रोसीले पत्रकारहरूसँग भनेका छन् । प्रहरीका अनुसार आक्रमणमा कयौं घाइते भएका छन् ।समाचार संस्था रोयटर्सले प्रहरी अधिकारीलाई उद्धृत गर्दै एक महिलाको घाँटी छिनालिएको समाचार लेखेको छ । एस्ट्रोसीका अनुसार बिहीबार हत्या गरिएकी महिला चर्चबाट भाग्ने प्रयासमा थिइन् ।१६ अक्टोबरमा विद्यार्थीह...