Thursday, September 25सत्यम खबर
Shadow

रहेनन् भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंह

नेपालगन्ज, ११ असोज – भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ ।
सिंहको आईतबार विहान ८२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि विरामी रहँदै आएका थिए ।

जसवन्त सिंहजसवन्त सिंह


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
सिंह भारतको सत्तारूढ दल भारतीय जनता पार्टी(भाजपा)का संस्थापक सदस्य मध्येका एक हुन् ।
आफ्नो राजनीतिक जीवनमा पाँचपटक राज्यसभा र चारपटक लोक सभा सदस्यमा निर्वाचित भएका सिंहले भारतको अर्थ, विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *