Friday, March 7सत्यम खबर
Shadow

विदेश

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्ने तयारी

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्ने तयारी

विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – कोरोना भारइस विरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ । परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए । तस्वीरः गुगल उनले पछिल्लो समय कोभिड–१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए ।‘चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,’ ज्ञवालीले भने । उनले चीनको ‘होङ्सी ग्रुप’ पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए । ज्ञवालीले भने, ‘उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच...
कोरोना महामारी नियन्त्रण हुन दुई वर्ष लाग्नसक्छः विश्व स्वास्थ्य संगठन प्रमुख

कोरोना महामारी नियन्त्रण हुन दुई वर्ष लाग्नसक्छः विश्व स्वास्थ्य संगठन प्रमुख

आर्थिक, विदेश, समाचार, समाज
(एजेन्सी) जेनेभा, ६ भाद्र – विश्व स्वास्थ्य संगठनले दुई वर्षभित्रमा विश्वबाट कोरोना भाइरस महामारी नियन्त्रण हुन सक्ने बताएको छ ।संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताएका हुन् ।‘विश्व भूमण्डलीकरण र सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्कका कारण भाइरस तीव्र रुपमा फैलियो । आधुनिक प्रविधि, उपचारका कारण पनि स्पेनिश फ्लूभन्दा छिटो कोरोना संकट टर्न सक्छ’, उनले भने । तस्वीर : गुगलबाट स्पेनिस फ्लू सन् १९१८ को फरवरीबाट सन् १९२० को अप्रिलसम्म विश्वभर फैलिएको थियो । यस महामारीबाट विश्वभर करिब दुई करोड मानिसको मृत्यु भएको थियो । अहिले कोरोना संक्रमणबाट करिब आठ लाख मानिसको मृत्यु भइसकेको छ भने २२ मिलियनभन्दा बढी संक्रमित छन् ।टेड्रोसलाई महामारीको बेला व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) मा भएको भ्रष्टाचार...
अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिबारदेखि सन्यास लिएका महेन्द्र सिंह धोनीको करिअर र उनले बनाएका रेकर्डहरु

अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिबारदेखि सन्यास लिएका महेन्द्र सिंह धोनीको करिअर र उनले बनाएका रेकर्डहरु

खेल, प्रदेश ५, विदेश
नेपालगन्ज, ३२ श्रावण– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले शनिबार १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट बिदा लिने निर्णय गरेर सार्वजनिक सञ्चाल मार्फत सबैमा जानकारी गराएका छन् । सन् २०१४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिएका धोनीले शनिबार एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पनि नखेल्ने निर्णय गरेका हुन् । व्यावसायिक क्रिकेट भने खेल्ने धोनीले सिजनको आइपिएलमा चेन्नई सुपरकिंग्सको नेतृत्व गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा बढी लोकप्रिय खेलमा क्रिकेटलाई मन पराउँछन् । त्यसमाथि लोकप्रिय खेलाडीहरुमा मन पराइएका क्रिकेटर धोनीले सन् २०१९ को विश्वकपछि भारतीय टिमबाट खेलेका थिएनन् । त्यसअघि उनले भारतीय टिमलाई दिएको योगदानका कारण उनी सधैं चर्चाको शिखरमा रहे । करिअरका दौरान उनले दर्जनौ रेकर्ड बनाए । आइसिसीका तीन प्रतियोगिता जित्ने एक्लो...
‘आत्मनिर्भरतातर्फ अग्रसर भारत’ प्रधानमन्त्री मोदी

‘आत्मनिर्भरतातर्फ अग्रसर भारत’ प्रधानमन्त्री मोदी

विदेश, समाचार
नेपालगन्ज, ३१ श्रावण– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले, भारतमा कोरोना भाइरसविरुद्ध तीन वटा खोप परीक्षणको चरणमा रहेको बताउनुभएको छ । ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लालकिलाबाट सम्बोधन गर्दै उहाँले तीन वटा खोप परीक्षणको चरणमा रहेको र स्वीकृति पाएपछि व्यापक परिमाणमा उत्पादन गर्ने बताउनुभएको हो । भारतीय मिडियाहरुका अनुसार करीब ३ करोडको हाराहारीमा खोप उत्पादन गरिने तयार भइरहेको जनाइएको छ । शनिबार बिहान दिल्लीको लालकिलाबाट भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै कोरोनालाई लिएर धेरै मानिसमा चिन्ता बढेको र खोप कहिले बन्छ भन्ने जिज्ञासा भएको भन्दै उहाँले भारतले तीन वटा खोप परीक्षण गरिरहेको बताउनु भएको थियो ।भारतीय प्रधानमन्त्री मोदीले विगत वर्षमा भारत सरकारद्वारा गरिएको कार्यहरुको जानकारी गराउनुका साथै भारतले अब रक्षा उत्पादनमा आत्मनिर्भरता तर्फ पूर्णरुपमा अग्रसर भई जुटेको बता...