Thursday, September 25सत्यम खबर
Shadow

राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शीर्ष स्थानमा

नेपालगन्ज, २९ असोज – आइपिएलमा दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेर शीर्ष स्थानमा उक्लिएको हो ।
पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतिमा १ सय ६१ रन जोड्यो । दिल्लीका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले ५७ रन र कप्तान श्रेयस इयरले ५३ रन जोडे ।
त्यसअघि ओपनर पृथ्वी शा पहिलो बलमै आउट हुँदा अजिन्का राहाणेले २ रन मात्र जोड्न सके । दुवैलाई राजस्जथानका जोफ्रा आर्चरले आउट गरे।


दिल्लीका लागि मार्कोस स्टोइनिसले १८ रन र एलेक्स क्यारीले १४ रनको योगदान दिए। बलिङमा राजस्थानका आर्चरले ३ विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए ।
१ सय ६२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन मात्र जोड्न सक्यो । उसका लागि ओपनर बेन स्टोक्सले ४१ रन जोडे । रविन उथप्पाले ३२ रन बनाउँदा जोस बटलरले २२ रन र सन्जु सामसनले २५ रनको योगदान दिए ।
बलिङमा दिल्लीका एनरिच नोर्ट्जे र तुसार देशपाण्डेले २–२ विकेट लिए । कागिसो रबाडा, रविचन्द्रन आस्विन र अक्षर पटेलले १–१ विकेट हात पारे ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलबाट १२ अंक जोडेको छ । राजस्थान ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
आइपिएलमा आज बिहीबार राती ७ः१३ बजे रोयल च्यालेन्जर्स बेंग्लोर र किंग्स ११ पञ्जावबीच खेल शुरु हुनेछ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *