Thursday, September 25सत्यम खबर
Shadow

धमाधम लागुऔषध सम्बन्धी अनुसन्धानमा तानिदैं बलिवुडका चर्चित नायिकाहरू ! यस्तो छ वास्तविकता

अभिनेता सुशान्त सिंह राजपुतको रहस्यमय मृत्यु
भारत, १२ असोज – दीपिका पादुकोण बलिवुडकी सबभन्दा धेरै पारिश्रमिक पाउने कलाकार मध्ये एक हुन् । बलिवुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ । गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार बोर्डले सोधपुछ गरेको हो । उक्त मुद्दामा बोर्डले दीपिका र अन्य तीन अभिनेत्रीसहित जम्मा ६ जनालाई बयानका लागि बोलाइसकेको छ।


यसै महिनाको सुरुमा राजपूतकी केटी साथी र प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरिएको थियो । उनीमाथि राजपूतका लागि लागुऔषध खरिद गरिदिने गरेको आरोप छ जुन उनले अस्वीकार गर्दै आएकी छन् । राजपूतको मृत्यु बारेका समाचार भारतीय सञ्चारमाध्यममा व्यापक रुपमा आएका छन् र घटना बारे थुप्रै खालका अनुमानहरू गरिएका छन् । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आफ्नो अनुसन्धान बृहत् बनाएको छ र उसले शनिवार पादुकोणसँग मुम्बइमा ६ घण्टा सोधपुछ गरेको थियो ।


नायिका सारा अलि खानलाई पनि नार्कोटिक्स बोर्डले सोधपुछ गरेको थियो यसैबीच, अन्य दुई अभिनेत्री सारा अलि खान र श्रद्धा कपुरलाई पनि एनसीबी कै अर्को कार्यालयमा छुट्टै सोधपुछ गरिएको थियो । अर्की अभिनेत्री रकुल प्रीत सिंहसँग शुक्रवार यसैगरी सोधपुछ गरिएको थियो। तर अधिकारीहरूले उनीहरूमाथि कुनै आरोप भने लगाएका छैनन् ।
गत जुन १४ तारिखमा ३४ वर्षीय राजपूत मुम्बइस्थित उन कै निवासमा मृत फेला परेका थिए र त्यतिबेला प्रहरीले उनले आत्महत्या गरेको बताएको थियो । तर पछि उनका परिवारले प्रेमिका चक्रवर्ती विरुद्ध आत्महत्या गर्न उक्साएको लगायत अन्य अपराध गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको थियो ।


यी सबै आरोपलाई चक्रवर्तीले अस्वीकार गर्दै आएकी छन् । अहिले यो मामिलालाई तीनवटा संघीय निकायहरूले अनुसन्धान गरिरहेका छन् । किन भारतीय टिभी च्यानललाई सुशान्त सिंह राजपूतको मृत्युप्रति यति धेरै चासो मामिला के हो ? नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अहिले दुईवटा छानबिन गरिरहेको छ ।


पहिलो रिया चक्रवर्ती, उनका भाइ र राजपूतका पूर्व व्यवस्थापक माथिको अनुसन्धान पहिलो हो । तीनै जनालाई पक्राउ गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अर्को अनुसन्धान भनेको बलिवुडमा लागुऔषधको व्यापक प्रयोग हुन्छ भन्ने दाबी बारे हो ।
अधिकारीहरूले उक्त अनुसन्धान बारे थोरै विवरणहरू सार्वजनिक गरेका छन् जसका कारण सञ्चारमाध्यममा व्यापक अनुमानहरू गरिएका छन् । अनुसन्धानको एउटा हिस्साको रुपमा एनसीबीका अधिकारीहरूले चक्रवर्तीको ह्वाट्सएप मेसेजहरूको अध्ययन गरिरहेका छन् जसमा उनले नार्कोटिक्स बारे छलफल गरेको आरोप छ ।
यो अहिलेसम्म स्पष्ट छैन । नार्कोटिक्सका अधिकारीहरूका अनुसार ह्वाट्सएप मेसेजमा दीपिका र उनकी व्यवस्थापक पनि सहभागी छन् । सुशान्त सिंह राजपूतले २०१९ देखि चर्कवर्तीसँग डेटिङ गरिरहेका थिए । त्यसैकारण उनीहरूलाई सोधपुछका लागि बोलाइएको हो । तर ती मेसेजहरूमा के छ भन्ने अझै खुलेको छैन ।


सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले किन यो मामिलामा अभिनेत्रीहरूलाई मात्रै एनसीबीमा बोलाइएको र किन अभिनेतालाई नबोलाइएको भनेर प्रश्नहरू उठाएका छन् ।
टेलिभिजन च्यानलहरूको समाचार दिने आक्रामक तरिकालाई लिएर धेरैले आलोचना गरेका छन् । राजपूतको मृत्युयता सञ्चारमाध्यमले उनका थेरापिष्ट, साथीहरू, परिवार, सहकर्मीदेखि उनका पूर्व भान्सेको समेत अन्तर्वार्ता लिइसकेका छन् र, आधिकारिक जानकारी कम मात्रै सार्वजनिक भएका कारण समाचार च्यानलहरूले जति पनि सूचना चुहिन्छ त्यसको विभिन्न कोणबाट विश्लेषण गर्न समय खर्चिएका छन् ।
यसरी एउटा विषयमा धेरै समय खर्चिँदा अन्य सान्दर्भिक र गम्भीर मुद्दाहरूबाट आममानिसको ध्यान अन्यत्र मोडेको भन्दै थुप्रै मानिसहरूले आवाज उठाइरहेका छन् ।
विश्व मै कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या भारतमा दोस्रो नम्बरमा छ । अहिले त्यहाँको अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ भने छिमेकी देश चीनसँगको सम्बन्ध पनि नराम्ररी बिग्रिएको छ । (बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *