Friday, March 7सत्यम खबर
Shadow

विदेश

लाशको थुप्रोमाथि जो बाइडेन !

लाशको थुप्रोमाथि जो बाइडेन !

CoVid19, अपराध, विदेश, समाचार
रमेश चन्द्र कुमालनेपालगन्ज, १४ भाद्र – लाशको थुप्रोमाथि अमेरिकी राष्ट्रपति जो बाइडेन उभेपछि अहिले अमेरिकी जनता उनीको राजीनामाको माग गर्न थालेका छन् ।अफगानिस्तानको काबुलमा रहेको विमानस्थलमा आइएस खुरासानले बम विष्फोट गरेपछि त्यसबाट अमेरिकाको १३ जना सबमरीन सैनिक र १७० भन्दा बढी अफगानी नागरिकको मृत्यु भएको थियो । यो बम विष्फोट अमेरिकी राष्ट्रपति जो बाइडेनको हेलचक्र्याईको कारण भएको आरोप रहेको छ ।अमेरिकाले अफगानिस्तानबाट आफ्नो सम्पूर्ण सैनिक अगस्त ३१ भित्र फिर्ता बोलाउने निर्णय गरेको थियो जसमा अमेरिकाले आफ्नो सम्पूर्ण अत्याधुनिक हातहतियार लडाकु विमान फिर्ता लिनुपथ्र्याे तर उनीले यस्तो गरेनन् हतार हतारमा राती २ बजे गोप्य ढंगले आफ्नो सैनिक फिर्ता बोलाए । सो समय उनीले ८५ अर्ब डलर रकम बराबरको लडाकु विमान, हातहितयार छाडेर आए । अहिले सो वस्तु तालिबान समूहको हातमा परेको छ । यसे कुराले हौसिएर ताल...
भारी परिमाणमा जैविक हतियार निर्माण गर्दै चीनः कोरोना चीनको जैविक हतियार हो

भारी परिमाणमा जैविक हतियार निर्माण गर्दै चीनः कोरोना चीनको जैविक हतियार हो

CoVid19, प्रदेश ५, बिचार, विदेश
मिति २०७८ जेष्ठ ३ गते– विद्रोही विद्रोही विश्वमा केही महाशक्ति राष्ट्रहरुले विगत दिनदेखि परमाणु बम लगायत निर्माण गर्दै आएका छन् तर केही वर्षदेखि त्यस्ता महाशक्ति राष्ट्रहरु जैविक हतियार निर्माण गर्नमा तछाड मछाड गर्दै आएका छन् यस कार्यमा हाम्रो छिमेकी देश चीन जैविक हतियार निर्माण गर्नमा अग्रणी रहेको देखिन्छ । जैविक हतियारको लागि त्यसले आफ्नो देशमा कैयन जैविक प्रयोगशाला निर्माण गरेको छ त्यस मध्येको एक प्रयोगशाला हुवेई प्रान्तको वुहानमा संचालित रहेको छ । वुहान शहरमा स्थापित जैविक प्रयोगशालामा चीनले २–४ वटा भाइरस मात्र बनाएको छैन बरु अहिलेसम्म ३ सय ५२ वटा भाइरस बनाई राखेको छ । यो भाइरस बनाउने त्यसको एउटा मात्र उद्देश्य छ बिना हतियार चलाई बम बारुद नपड्काई छद्म युद्ध गर्ने । त्यस्तै प्रकारको लक्ष्य लिई २०७६ मंसिर महिनातर्फ त्यसले नोभल कोरोना भाइरस कोभिड–१९ को रिसाव गरायो त्यसको यस कार्यबाट...
शाहरूख खानको ‘डार्लिङ्स’ मा आलिया भट्ट

शाहरूख खानको ‘डार्लिङ्स’ मा आलिया भट्ट

कला/साहित्य, विदेश, समाज
मुम्बई (एजेन्सी), ४ फागुन – बलिउड फिल्म ‘डियर जिन्दगी’को सहकार्य र सफलतापछि अभिनेता शाहरूख खान र अभिनेत्री आलिया भट्टले पुनः सहकार्य गर्दैछन् ।शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेन्मेन्ट ब्यानरबाट नयाँ फिल्म ‘डार्लिङ्स’को तयारी भइरहेको छ । सोही फिल्मबाट शाहरूख र आलिया सहकार्य गर्ने भएका हुन् ।बलिउड हंगामाका अनुसार ‘डार्लिङ्स’को पटकथा एक आमा(छोरीको सेरोफेरोमा तयार भएको छ । जसमा आलिया मुख्य पात्रमा देखिनेछिन् । फिल्म आलियाको वाचनसँगै तयार हुने भनिएको छ ।‘उनले पटकथा पढ्ने बित्तिकै फिल्मका लागि स्वीकृति जनाइन्,’ एक स्रोतले बलिउड हंगामालाई भनेका छन् । पर्दामा शाहरूख भने देखिने छैनन् । शाहरूख फिल्ममा निर्माताको भूमिका निर्वाह गर्दैछन् । ‘डार्लिङ्स’बाट जसमीत के रिनले निर्देशकको रूपमा डेब्यू गर्दैछन् । उनले यसअघि सहायक निर्देशकका रूपमा भने अनुभव बटुलिसकेका छन् । जसमीतले ‘फोर्स २’, ‘फ...
भारतले नेपालसहित मित्र देशहरुलाई २ करोड डोज भ्याक्सिन दिने

भारतले नेपालसहित मित्र देशहरुलाई २ करोड डोज भ्याक्सिन दिने

विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नयाँ दिल्ली, ३ माघ भारतले नेपालसहित मित्र देशहरुलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने भएको छ । उसले भ्याक्सिनको प्राथमिकतामा नेपाललाई पनि राखेको छ ।आज परराष्ट्रमन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा भ्याक्सिन दिने प्रतिवद्धता व्यक्त भएको छ । राजदूत निलाम्बर आचार्यले भ्याक्सिनबारे महत्वपूर्ण कुराकानी भएको जानकारी दिएका छन् । भ्याक्सिन अनुदान र सुपथ मूल्य गरी दुवै तरिकाले नेपालले पाउने गरी भारतले प्रतिवद्धता जनाएको उनले बताए । यसपटकको संयुक्त आयोगको बैठकमा भ्याक्सिन नै प्राथमिकतामा परेको थियो ।नेपालसँग खुल्ला सीमा भएकाले पनि भारतले नेपाललाई भ्याक्सिनको प्राथमिकतामा राखेको हो । परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि सहभागी थिए । भारतले भ्याक्सिन दिने प्रतिवद्धता जनाएलगत्तै औषधी व्यवस्था विभागले सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्डलाई आकस्मिक प...
भारतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिन लागेको राजदूत क्वात्राको खुलासा

भारतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिन लागेको राजदूत क्वात्राको खुलासा

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नयाँ दिल्ली, २ माघ – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिन लागेको खुलासा गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा भ्याक्सिन बारे महत्वपूर्ण निर्णय हुने खुलासा गरेका हुन् ।‘हामी नेपाललाई कोरोना विरुद्धको भ्याक्सिन दिदैछौं,’ राजदूत क्वात्राले भने, ‘यो भ्रमणको महत्वपूर्ण उपलब्धि मभ्याक्सिनबारे हुनेछ ।’ उनले नेपालको समस्यालाई भारतले साझा समस्याका रुपमा बुझेको स्पष्ट पार्दै कोरोना विरुद्धको लडाईंमा एकसाथ भएको बताए । भारतले कोरोना विरुद्धको लडाईंमा नेपाललाई साथ दिने स्पष्ट पारे । फाइल तस्बिर राजदूत क्वात्राले नेपालमा छिट्टै भ्याक्सिन पुग्ने समेत बताए । नेपालले भ्याक्सिन बारेको एजेन्डालाई प्राथमिकतामा राखिरहँदा राजदूत क्वात्राको भनाई आएको हो । भ्याक्सिन भारतले अनुदान र सस्तो मूल्य दुवै गरी दिने बुझिएको छ । ...
भारतीय किसानका पक्षमा सर्वोच्च अदालतको आदेश

भारतीय किसानका पक्षमा सर्वोच्च अदालतको आदेश

विदेश, श्रम/रोजगार, समाचार, समाज
(एजेन्सी) नयाँ दिल्ली, २८ पौष – भारतको सर्वोच्च अदालतले कृषि कानुनको तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । मंगलबार अदालतले अर्को आदेश जारी नभएसम्मका लागि कृषि कानुनहरू लागू नगर्न आदेश दिएको हो ।अदालतले कृषिका तीन कानुनबारे छलफल गर्न समिति पनि गठन गरेको एनडिटिभीले जनाएको छ । अदालतले भारतीय किसान युनियनका हरसिमरत मान, कृषि अर्थशास्त्री अशोक गुलाटी, राष्ट्रिय कृषि अनुसन्धान प्रवर्द्धनका पूर्वनिर्देशक डा. प्रमोदकुमार जोशी र अनिल धनवतसहितको समिति गठन गरेको हो । फाईल फोटो भारत सरकारले गत सेप्टेम्बरमा किसानको उत्पादन व्यापार र वाणिज्य (पदोन्नति र सुविधा) ऐन २०२०, किसानको (सशक्तिकरण र संरक्षण) मूल्य आश्वासन सम्झौता र कृषि सेवा ऐन, आवश्यक वस्तुहरू (संशोधन) ऐन संसदबाट पारित गरेको थियो ।सरकारले उक्त कानुन हतारमा नबनाएको पनि बताएको थियो । ती कानुनहरू दुई दशकदेखिको सोच–विचारपछि ल्याइएको बताएको ...
भारतका पूर्व कप्तान गाङ्गुलीलाई हृदयघात, स्वास्थ्य अवस्था स्थिर

भारतका पूर्व कप्तान गाङ्गुलीलाई हृदयघात, स्वास्थ्य अवस्था स्थिर

खेल, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
एजेन्सीकोलकटा, १९ पौष – भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ ।गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो । “सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ,” गाङ्गुलीको उपचारमा सम्लग्न चिकित्सक सरोज मण्डलले अस्पताल बाहिर पत्रकारहरूसँग भने ।गाङ्गुली विरामी भएको खबरपछि उनलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्व कप्तानका आफन्त तथा सुभेच्छुक अस्पताल परिसरमा जम्मा हुँदा ठूलो भीड लागेको छ ।भारतीय क्रिकेट बोर्डको नेतृत्वसमेत गरिरहेका ४८ वर्षीय पूर्व कप्तान गाङ्गुलीको अवस्था अनुगमन गर्न अस्पतालले पाँच चिकित्सकहरूसहितको एक मेडिकल टोली ग...
२०२१ को सुरूदेखि नै गरिब देशमा कोरोना विरूद्धको खोप पठाउँछौं : डब्लुएचओ

२०२१ को सुरूदेखि नै गरिब देशमा कोरोना विरूद्धको खोप पठाउँछौं : डब्लुएचओ

विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जेनेभा, ४ पौष – गरिब राष्ट्रहरूमा नयाँ बर्ष सन् २०२१ को सुरूदेखि नै कोरोना विरूद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन् । उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् ।विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूले जानकारी दिएका छन् । संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, ’सबै देशले कोरोनाविरूद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरूमा पनि सन् २०२१ को सुरू देखि नै खोप पठाइने छ ।’अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए । (एजेन्सी)...
चन्द्रमाबाट माटो र टुंगोको नमूना लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान

चन्द्रमाबाट माटो र टुंगोको नमूना लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान

मौसम, यता पनि, विदेश
काठमाण्डौ, २ पौष – चन्द्रमाको सतहबाट माटो र टुंगाको नमूना लिएर चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फिर्ता भएका छन् ।चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई–५’ बिहीबार बिहान साढे १ बजे मंगोलियामा अवतरण गरेको बीबीसीले जनाएको छ । तस्वीर : बीबीसी उक्त यानले चन्द्रमाको सतहबाट २ किलोग्राम ढुंगा र माटोको नमूना पनि ल्याएको छ ।चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना झण्डै ४० वर्षपछि ल्याइएको हो ।यसअघि रूसको लुना–२४ नामक मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट २०० ग्राम माटो लिएर फर्किएको थियो । त्यसअघि अमेरिकाको अपोले अन्तरिक्ष यानले पनि चन्द्रमाको सतहबाट ढुंगा लिएर फर्किएको थियो ।...
पाकिस्तानले बलात्कारीलाई नपुंसक बनाउने कानुन ल्यायो

पाकिस्तानले बलात्कारीलाई नपुंसक बनाउने कानुन ल्यायो

अपराध, विदेश, समाचार, समाज
लाहौर, (एजेन्सी) १ पौष – पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ । नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो ।नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ ।मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन् ।पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ । त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ । कानुन अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ ।लाहौर घटनापछि बन्यो नयाँ कानुनआफ्ना दुई बच्चासहित लाहौरतर्फ आइरहेकी एक महिलाको राजमार्गमा सामुहिक बलात्कार भएपछि पाकिस्तानभर त्यसको विरोध भएको थियो ।घटनाको दोश्रो दिन आफ्ना दुई सन्त...