
चिनियाँ ऋणको पासोमा बर्बाद हुँदै कैयौं देश
काठमाण्डाै, १५ असोज - चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का कारण न्यून तथा मध्यम आय भएका मुलुकहरू अर्बौं डलर बराबर ‘अदृश्य ऋण’को भार बोक्न बाध्य भएका छन् ।हालै गरिएको एक अनुसन्धानले बीआरआईका कारण कैयौं मुलुकहरू झण्डै ३८५ अर्ब अमेरिकी डलर बराबरको ‘अदृश्य ऋण’ बोक्न बाध्य भएको देखाउँछ ।उक्त अनुसन्धानले केही वर्षदेखि राष्ट्रपति सी जिङ फिङको विदेश नीतिसँग सम्बन्धित कैयौं मुलुकको वित्तीय दायित्वबारे सुनियोजित रुपमै अपूर्ण विवरण पेश गरिएको देखाउँछ । यसले गर्दा ‘अदृश्य ऋण’ बढ्न पुगेको वा सरकारहरूले पछि तिर्न बाध्य हुने तर लुकेको वित्तीय दायित्व बढ्न गएको छ ।भर्जिनियास्थित कलेज अफ विलियम एण्ड म्यारीको अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र एडडाटाद्वारा प्रकाशित नयाँ रिपोर्टमा उक्त निष्कर्ष निकालिएको हो ।अध्ययनका क्रममा सन् १९९९ देखि २०१७ को अन्त्यसम्म १६५ मुलुकमा सञ्चालित ८...