Thursday, September 25सत्यम खबर
Shadow

लाशको थुप्रोमाथि जो बाइडेन !

रमेश चन्द्र कुमाल
नेपालगन्ज, १४ भाद्र – लाशको थुप्रोमाथि अमेरिकी राष्ट्रपति जो बाइडेन उभेपछि अहिले अमेरिकी जनता उनीको राजीनामाको माग गर्न थालेका छन् ।
अफगानिस्तानको काबुलमा रहेको विमानस्थलमा आइएस खुरासानले बम विष्फोट गरेपछि त्यसबाट अमेरिकाको १३ जना सबमरीन सैनिक र १७० भन्दा बढी अफगानी नागरिकको मृत्यु भएको थियो । यो बम विष्फोट अमेरिकी राष्ट्रपति जो बाइडेनको हेलचक्र्याईको कारण भएको आरोप रहेको छ ।
अमेरिकाले अफगानिस्तानबाट आफ्नो सम्पूर्ण सैनिक अगस्त ३१ भित्र फिर्ता बोलाउने निर्णय गरेको थियो जसमा अमेरिकाले आफ्नो सम्पूर्ण अत्याधुनिक हातहतियार लडाकु विमान फिर्ता लिनुपथ्र्याे तर उनीले यस्तो गरेनन् हतार हतारमा राती २ बजे गोप्य ढंगले आफ्नो सैनिक फिर्ता बोलाए ।


सो समय उनीले ८५ अर्ब डलर रकम बराबरको लडाकु विमान, हातहितयार छाडेर आए । अहिले सो वस्तु तालिबान समूहको हातमा परेको छ । यसे कुराले हौसिएर तालिमबान सम्पूर्ण अफगानिस्तानमा कब्जा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको तालिबानसँग सहमति रहेको हुँदा उनीको आग्रहमा अफगान राष्ट्रपति अशरफ गनी देश छाडेर भागेको अनुमान रहेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो कार्य किन गरेका हुन् यसबारे जानकारी अनुसार आफ्नो शत्रु देश चीन, रुस, भारत, ताजिकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान लगायतलाई समस्यामा पार्न उनले तालिबानसँग सहमति गरेका हुन् जसको कारणले नै अहिले उनी तालिबानसँग मिलेर कार्य गरी रहेका छन् जो बाइडेनको कमी कमजोरीले गर्दा नै यति ठूलो संख्यामा अमेरिकी सबमरीन कमाण्डो मारिएका हुन् ।


अमेरिकाका नि. वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको यस्तो कार्यको विरोध र निन्दा गर्दै उनीको राजीनामाको माग गरेका छन् । बाइडेनको चौतर्फी विरोध हुन थालेपछि उनले आफ्नो कमी कमजोरी ढाकछोप गर्न आइएस खुरासानको अड्डामा आक्रमण गरी काबुलको एयरपोर्टमा भएको बम विष्फोटका नाइकेलाई मार्न सफल भएको दावी गरेका छन् ।
अफगानिस्तान अहिले अत्यन्त कहालीपूर्ण अवस्थाबाट गुज्रिँदैछ । जो बाइडेन तालिबानप्रति अति नरम रवैया अख्तियार गरेका छन् तर तालिबानलाई लामो समयसम्म शासन गर्न नदिन अफगानिस्तानको एक प्रान्त पंजशीरबाट युद्ध हुन शुरु भएको छ । तालिबान विरुद्ध अफगान कार्यकारी राष्ट्रपति अमरुल्लाह सालेहको नेतृत्वमा नार्दन एलायन्सले युद्ध गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *