Thursday, September 25सत्यम खबर
Shadow

भारतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिन लागेको राजदूत क्वात्राको खुलासा

नयाँ दिल्ली, २ माघ – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिन लागेको खुलासा गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा भ्याक्सिन बारे महत्वपूर्ण निर्णय हुने खुलासा गरेका हुन् ।
‘हामी नेपाललाई कोरोना विरुद्धको भ्याक्सिन दिदैछौं,’ राजदूत क्वात्राले भने, ‘यो भ्रमणको महत्वपूर्ण उपलब्धि मभ्याक्सिनबारे हुनेछ ।’ उनले नेपालको समस्यालाई भारतले साझा समस्याका रुपमा बुझेको स्पष्ट पार्दै कोरोना विरुद्धको लडाईंमा एकसाथ भएको बताए । भारतले कोरोना विरुद्धको लडाईंमा नेपाललाई साथ दिने स्पष्ट पारे ।


राजदूत क्वात्राले नेपालमा छिट्टै भ्याक्सिन पुग्ने समेत बताए । नेपालले भ्याक्सिन बारेको एजेन्डालाई प्राथमिकतामा राखिरहँदा राजदूत क्वात्राको भनाई आएको हो । भ्याक्सिन भारतले अनुदान र सस्तो मूल्य दुवै गरी दिने बुझिएको छ । शुल्क लाग्ने भ्याक्सिन पनि भारत कै मूल्यमा दिने गरी तयारी भएको बुझिएको छ ।
भारतमा सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनको प्रयोग भोलिबाट शुरु हुँदैछ । भारतले भ्याक्सिन निर्यातको निर्णय पनि गर्दैछ । निर्यातको निर्णय भएलगत्तै नेपालमा पनि भ्याक्सिन आयात हुने बुझिएको छ । (रिर्पोटर्सनेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *