
बेइजिङ, ५ असोज – चीनको बढ्दै सैन्य ड्रोनको प्रयोगले क्षेत्रीय स्थिरता खतरामा रहेको बताइएको छ। चीनले मानव रहित विमान क्षमता प्रयोग गरीरहेको र बढ्दो परिष्कृत सैन्य ड्रोनहरुमा ध्यान केन्द्रित गरिरहेको मिडिया रिपोर्ट्हरुपछि यस क्षेत्रको स्थिरतामा खतरा उत्पन्न हुने विज्ञहरुले बताएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार अगस्तको अन्त्यमा जापानको नजिक तीनवटा चिनियाँ सैन्य ड्रोन भेटिएका थिए, जसले टोकियोलाई लडाकू विमान पठाउन प्रेरित गरेको थियो।
जापानी अधिकारीहरुका अनुसार ड्रोनको साथमा शानक्सी वाई क्यू समुद्री गश्ती विमान र शानक्सी वाई जेबी इलेक्ट्रोनिक गुप्तचर विमान पनि रहेको थियो।
तर चीन मात्र यस क्षेत्रमा ड्रोन विकास र तैनाथी गर्ने देश नभएको र मेमा अमेरिकाले अस्थायी रूपमा दुई एमक्यू४सी ट्राइटन ड्रोनलाई गुआमबाट उत्तरी जापानको मिसावा बेसमा स्थानान्तरण गरेको थियो। गत बर्षको सुरुमा ड्रोन गुआम पठाइएपछि अमेरिकी सेनाले त्यसोका चर्को विरोध गरेको थियो।
चीनले पछिल्लो समय आफ्नो सैन्य पहुँचलाई पनि अन्तर्राष्ट्रिय समुदायमा विस्तार गर्दै लगेको देखिन्छ। (स्रोतः मिडिया डबली)

