Monday, April 20सत्यम खबर
Shadow

अघोषित उर्जा संकट चीनमा

बेइजिङ (एजेन्सी), १३ असोज – उत्तर पूर्वी चीनमा अघोषित रुपमा विद्युत आपूर्ति कटौती (लोडसेडिङ) भएको छ। उत्तर पूर्वी चीनको लिआओनिङ, जिलिन र हेलोङजियाङ प्रान्तमा अघोषित रुपमा विद्युत आपूर्ति बन्द भएको हो।
विद्युत् आपूर्ति नहुँदा त्यहाँका कलकारखाना र दैनिक जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ। सोमबार बीबीसीमा प्रकाशित समाचारअनुसार कोइलामा भारी मूल्यवृद्धि हुँदा विद्युत कटौती भएको हो। चीन बिजुलीका लागि कोइलामा निर्भर मानिन्छ।


केही चिनियाँ कम्पनीका अनुसार कोइला अभावका कारण सो क्षेत्रमा आगामी वर्षदेखि विद्युत कटौती हुने अपेक्षा गरिएको थियो। तर पछिल्लो हप्ता अघोषित रुपमा बिद्युत् सेवा बन्द हुँदा स्थानियले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।
बिद्युत अभावका कारण सो प्रान्तमा सञ्चालित विभिन्न कलकारखाना, उत्पादन कम्पनीहरु सबैभन्दा बढी प्रभावित बनेको बताइएको छ । तीनवटा प्रान्तको जनसंख्या करिब १० करोड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *