चिनियाँ संस्थाहरूमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
काठमाण्डौ, २ फागुन – अमेरिकाको आकाशमा जासुसी बेलुन छोड्नु अब चीनलाई निकै पनि महँगो पर्ने भएको छ यसका लागि अमेरिकाले चिनियाँ सेनासँग सम्बन्धित धेरैवटा संस्थामाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। अमेरिकाको यो कदमले चिनियाँ राष्ट्रपति सी जिनपिङको कठिनाइ पनि बढाउन सक्छ। हालै करिब एक साताअघि अमेरिकाले चिनियाँ जासूस बेलुनलाई आकाशमा नै ध्वस्त पारिदिएको थियो।
यसपछि चीनको मानवरहित विमान पनि अमेरिकाको आकाशमा उडेको देखिएको थियो। यद्यपि चीनले यसलाई अर्को बेलुन ठहर गर्दै उक्त बेलुनले आफ्नो बाटो हराएको भनी स्पष्टिकरण दियो। तर अमेरिकाले चीनको जासुसी बेलुनको विषयलाई निकै गम्भीरताका साथ लिएको छ। राष्ट्रपति जो बाइडेनले यसलाई अमेरिकाको सुरक्षाका लागि खतरा भएको बताएका छन्। यसका लागि हाउस अफ अमेरिका एकजुट भएको छ।
चीनविरुद्ध अमेरिकी सदनमा प्रस्तुत गरिएको निन्दा प्रस्तावमा भएको मतदानमा डेमोक्र्याटिक र रि...









