
काठमाण्डौ, २ फागुन – पाकिस्तानको गिलगिट – वाल्टिस्तानको प्राकृतिक श्रोत माथी चीनिया शोषण बढेर गएको छ।
चीन पाकिस्तान आर्थिककरिडोर (सि.पि.इ. सि) को ब्यानरमा वेइजिङ्ग र इस्लामवादले मेघाबाध,तेल र ग्यास पाइपलाइनहरु निर्माण गरिरहेका छ्न । गिलगिट -वाल्टिस्थानमा बहुमुल्य खनिज हरु नियालिरहेका छन,यद्यपि यसले स्थानीयहरुको जिबिकोपार्जन र वातावरणीय दिगोपनामा ठूलो असर पारिरहेको छ।
स्थानीयको संरक्षण गर्ने बाचा लिएर पाकिस्तानि सेनाको आगमनले प्राकृतिक श्रोतको अत्याधिक दोहनमा चिनियाँ हरुलाइ सहयोग र सहजीकरण गर्दै उल्टो काम गरेको धेरैको बुझाइ रहेको छ।यसले वातावरण र जिबिकोपार्जनको क्षतिको मुल्यमा चिनियाँ कम्पनीहरुलाइ बढी फाइदा दिने वेइजिङ्ग सगको इस्लामवादको व्यबहार लाई हेरेर अन्धकारमा राखिएका स्थानियहरु आक्रोशित बनेका छन।प्राकृतिक श्रोतहरुको अपस्थिती कुनै पनि क्षेत्रकोप्रगती समृद्धिको प्रमाण हो तर बिडम्बना रुपमा जिबिकोपार्जनको अवस्था भने पाकिस्तानका सो क्षेत्रका स्थानीयहरुको ठिक उल्टो छ।
बिकाशको उच्च सम्भावना भएपनि स्थापनाकाल देखि नै यो क्षेत्र अति पिछडिएको र उपेक्षित क्षेत्रमा पर्दछ।खर्बौ डलरको खनिज र पानीले सम्पन्न भएको यस क्षेत्रका जनताले पाकिस्तानका शासकहरुको चरम उदाशिनताका कारण गरिबिको सामना गरिरहनुपरेको छ।गिलगिट -वाल्टिस्तानमा मासिक रुपमा पचास करोड बराबरको रत्नहरु निकालिन्छ र अन्य बहुमुल्य खनिज तत्व हरु खोज्ने प्रयास भइरहेको छ तर यसबाट स्थानीय जनताले लाभ पाउन सकेका छैनन ।
इस्लामवादले यस क्षेत्रको बजेटमा पनि भारी कटौती गरिदिएको छ।पाकिस्तानको यो कदम जानजान यस क्षेत्रलाई पछाडी धकेल्ने कदमको रुपमा हेरिएको छ।देशैभर जलबिधुतको प्रमुख श्रोत उपलब्ध गराए पनि यस क्षेत्रले खाद्यान्न अभावको सामना गर्नुका साथै दैनिक २ घण्टा मात्र बिधुतप्राप्त गर्नेगरेको छ।बजेटमा कटौतीका अतिरिक्त अब चीनिया हरुले इस्लामवादको मिलेमतोमा स्थानियका जमिन र श्रोतहरु पनि खोसिरहेका छन।पाकिस्तानले त्याहा संचालित कम्पनीहरुलाइ चिनबाट कामदारहरु ल्याउन अनुमती दिइरहेको छ जबकी पाकिस्तानकै हजारौं स्थानीयहरु बेरोजगार छन।
उक्त क्षेत्रमा बाहिरीम मानिसहरुको ब्यबस्तित बसोबास , स्थानीय राजनीति र सास्कृतिक रितिरिवाजमा भइरहेका हस्तक्षेपले पहिले कहिल्यै नदेखेको द्वन्द्वलाई झनै उग्र बनाउदैछ।यस क्षेत्रमा सम्लग्न चीनिया कम्पनी हरुले यस वातावरणीय अभ्यासहरु प्रयोग गरेको र यसमा चीनिया कम्पनी चाइना रोड्स एण्ड बृजेज कर्पोरेशनले गम्भीर त्रुटि गरेको आरोप लाग्ने गरेको छ।साथै चीनिया कम्पनीले क्षेत्रीय बिकाश योगदान दिन नसकेको र यस क्षेत्रको जलस्रोत र खनिज तत्वमा मात्र आँखालागाइ रहेको स्थानियजनताको आरोप छ।
चीनिया कम्पनीहरुले उनिहरु सङ्गको श्रोत शोषणबाट राजस्व बाड्न अस्विकार गर्दछन र बिदेशी कम्पनीले पनि गिलगिट सरकारलाई कर तिर्दैनन किनभने तिनिहरु इस्लामवाद आधारित सघिय सस्था अनुसार काम गर्दछन।पाकिस्तानले चिनलाइ करिब दुइहजार भन्दा बढी उधोगिक खानी भाडामा दिएको अनुमान गरिएको छ।
यसले गर्दा पाकिस्तान सरकारको मौन स्वीकृतिबाट नै चिनले पाकिस्तानका हरेक क्षेत्रमा रहेका खनिज,जलस्रोत र अन्य महत्वपूर्ण क्षेत्रमा आफ्नो वर्चस्वलाई स्थापित गर्दै गइरहेको छ।भबिस्यमा अझ पाकिस्तानको आर्थिक र राजनैतिक अबस्थामा चीनिया हस्तक्षेपकै कारण ठूलो चुनौतीहरु देखापर्ने र संकटको सामना गर्नु पर्ने बिज्ञहरुले अनुमान गरेका छन।
