सीताविना अयोध्या अधुरो छ, नेपाल हाउस बनाउँछौं : मुख्यमन्त्री आदित्यनाथ
काठमाण्डौ, २३ माघ – भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले सीताविना अयोध्या अधुरो रहेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग विहीबार लखनऊस्थित आफ्नै कार्यकक्षमा भेट गर्दै मुख्यमन्त्री आदित्यनाथले नेपालको कालीगण्डकीबाट रामलिलाको प्रतिमा बनाउन ल्याइएको देवशिलाले पनि राम-सीतालाई जोडेको बताए ।
भेटमा मुख्यमन्त्री आदित्यनाथले राम जन्मभूमि अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता व्यक्त गरेको नेता शाहले जानकारी दिए । ‘सीता माताविना अयोध्या अधुरो छ । सीतालाई समेट्ने नेपाल हो । मिथिला हो । नेपाली भक्तजनलाई समेटेर अयोध्यामा नेपाल हाउस निर्माण हुन्छ,’ मुख्यमन्त्री आदित्यनाथको भनाइ उद्धृत गर्दै नेता शाहले भने ।
नेपाली प्रतिनिधिमण्डलले नेपाल र भारतलाई अवध र मिथिलाको सम्बन्धले जोडेको भन्दै नेपाली भक्तजनलाई निशुल...









