
काठमाण्डौ, २ फागुन – चीनले प्राविधिक क्षेत्रमा विकासको नारा घन्काउँदै आए तापनि चीनलाई आँखा चिम्लेर विश्वास गरिहाल्न भने मिल्दैन। छिमेकी राष्ट्रहरूलाई मित्रताको नाममा चीनल विभिन्न प्रकारले धोका दिने गरेको छ। पाकिस्तानमा चीनद्वारा पठाइएको रेलको पनि अवस्था सोचनिय भएको थियो भने नेपालमा चीनबाट खरिद गरिएका विमानहरू पनि निकम्मा साबित भएका थिए। जसले हावामा भन्दा धेर समय जमीनमा बिताउनु परेको थियो।
पाकिस्तानको घनिष्ठ मित्र चीन आफ्नो रणनीतिक शक्ति बढाउनमा अहिले व्यस्त छ। नयाँ प्रविधिको आधुनिक हतियारको नाममा पाकिस्तान सेनाका तीनवटै अंगलाई बलियो बनाउनमा जुटेको छ । यस क्रममा चीनले पाकिस्तानलाई सीएच-४ यूएवी दिएको छ। रिपोर्टका अनुसार, चीनले पाकिस्तानसँग सीएच-४ का दुई भेरियन्ट सीएच-४ए, जुन गोप्य निगरानीका लागि हो, र सीएच-४ बी, जुन एक आक्रमण सशस्त्र ड्रोन हो, दुई संस्करण दिने सम्झौता गरेको थियो।
यसको आपूर्ति जनवरी २०२१ देखि सुरु भइसकेको छ। पाकिस्तानले १२ देखि २४ वटा यस्ता ड्रोन चीनबाट लिएको छ, तर जसको डर चीनको सैन्य उपकरणसँग रहन्छ, अहिले पाकिस्तानले त्यही डरको सामना गर्न थालेको छ।
गोप्य रिपोर्टका अनुसार चिनियाँ सीएच-४ ड्रोनको संरचना चर्किएको देखिन थालेको छ। यो जानकारी पाकिस्तानले चीनलाई दिएको हो । इन्टेलिजेन्स रिपोर्टकाअनुसार एउटा यूएभीको एक्जस्ट म्यानिफल्डको विकर्ण ब्रेसिङ सपोर्ट एउटा यूएभींमा भाँचिएको भेटिएको छ भने अर्कोमा इन्जिन माउन्टमा जोडिएको मफलर स्पटसँगै टर्बो चार्जरको स्पट चर्किएको पाइएको छ। यति मात्र होइन, चीनले सशस्त्र ड्रोनसँगै दिएको एआर–२ एयर टु ग्राउन्ड मिसाइल परीक्षणकै क्रममा नै बिग्रिएको छ ।
रिपोर्टका अनुसार जब पाकिस्तानी वायुसेनाले एआर-२ मिसाइललाई पावर-अन सेल्फ-चेक परीक्षणका लागि एकीकृत जाँच उपकरणसँग जोडेको थियो, तब मिसाइल खोज्ने भनेको लक्ष्यमा प्रहार गरेपछि त्यसलाई नष्ट गर्ने प्रविधि असफल भएको हो।जसलाई पाकिस्तानले पुनः चीन फिर्ता पठाएको छ । एआर-२ सर्ट रेन्जको अर्ध-सक्रिय लेजर हावाबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र हो जुन सीएच-४ ड्रोनका साथै चिनियाँ आक्रमण हेलिकप्टरबाट पनि प्रहार गर्न सकिन्छ।
यसबाट सिपाहीहरूले ८ किलोमिटर टाढाबाट पनि वाहन, घर र बंकरलाई निशाना बनाउन सक्छन्। यो समस्या पाकिस्तानलाई दिइएको सीएच-४ ड्रोनको मात्र होइन। चीनले आधुनिक प्रविधिको नाममा यो ड्रोन बेचेका सबै देश अहिले चिन्तित छन् । यहाँसम्म कि धेरै देशमा यसको सञ्चालन पनि रोकिएको छ।
रिपोर्टका अनुसार चीनले यी ड्रोनहरू साउदी अरेबियालाई पनि बेचेको थियो तर अहिले प्राविधिक गडबडीका कारण ती ड्रोनहरू जमिनमा अलपत्र राखिएका छन् । साउदी अरेबियाको वायुसेनाले २०१४ मा लङ रेन्ज लङ इन्ड्युरेन्स सीएच–४ युएभी खरिद गरेको थियो तर बारम्बार प्राविधिक गडबडीका कारण सञ्चालनमा आउन सकेको छैन ।
इन्टेलिजेन्स इनपुटका अनुसार साउदी अरेबियाको वायुसेनाले चीनबाट सीएच-४ यूएभी प्रयोग गरिरहेको थियो, तर अब रोयल साउदी एयर फोर्सले ती सबैलाई ग्राउन्ड गरेको छ। प्राविधिक गडबडी वा मर्मतसम्भार अभावका कारण सीएच–४ ड्रोन ग्राउन्ड गरिएको यो पहिलो पटक भने होइन ।
केही वर्षअघि इराकी वायुसेनाले पनि मर्मतसम्भार र प्राविधिक त्रुटिका कारण आफ्नो १० वटा सीएच-४ ड्रोनको सम्पूर्ण फ्लीट ग्राउन्ड गर्नुपरेको थियो। यति मात्र होइन, रिपोर्टहरूका अनुसार जोर्डन एयरफोर्सले यी समस्याहरूका कारण आफ्ना ६ वटा सीएच-४ ड्रोनहरूलाई बिक्रीमा राखेको थियो।
जोर्डन वायुसेनाले सन् २०१६ मा चीनबाट यूएसीभी सीएच-४ खरिद गरेको थियो र त्यसको मात्र तीन वर्षपछि सन् २०१९ मा वायुसेनाबाट बाहिरिने लक्ष्यका साथ बिक्रीमा राखिएको थियो । अल्जेरियन वायुसेनाको सीएच-४ त झन् २०१३ मा परीक्षणको क्रममा दुर्घटनाग्रस्त भयो। दोस्रो सीएच-४ २०१४ मा अवतरणको समयमा नियन्त्रण बाहिर भएकोले दुर्घटनाग्रस्त भयो र तेस्रो यूएसीवी यस्तै तरिकाले दुर्घटनाग्रस्त भयो।
