
काडमाण्डौ, २ फागुन – मोदीले पुटिनलाई युक्रेन–रुस युद्ध अन्त्य गर्न मनाउन सक्ने अमेरिकाले बताएको छ ।
रुस–युक्रेन युद्धको बीचमा अमेरिकाले भारतका प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न मनाउन सक्ने बताएको हो । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले शत्रुता अन्त्य गर्ने कुनै पनि प्रयासलाई अमेरिकाले स्वागत गर्ने बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र भ्लादिमिर पुटिन
रुस–युक्रेन युद्ध झण्डै एक वर्षदेखि चलिरहेको छ । यसैबीच अमेरिकाले यो युद्ध अन्त्य गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएको छ । यति मात्र होइन, अमेरिकाले भारतिय प्रधानमन्त्री मोदीले पुटिनसँग कुरा गरेर युद्ध अन्त्य गर्न मनाउन सक्ने बताएको छ ।
वास्तवमा, जब ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीलाई सोधिएको थियो कि के भारतका प्रधानमन्त्री मोदीलाई युक्रेन र रुसबीचको युद्ध रोक्न वा राष्ट्रपति भ्लादिमिर पुटिनलाई मनाउन ढिलो भयो? जवाफमा ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले युक्रेनमा युद्ध अन्त्य गर्न सक्ने कुनै पनि प्रयासलाई अमेरिकाले स्वागत गर्ने बताए।
ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले मलाई लाग्छ कि पुटिनसँग युद्ध रोक्न अझै समय छ। मोदीले पुटिनलाई मनाउन सक्छन् । अमेरिकाले यो शत्रुता अन्त्य गर्ने कुनै पनि प्रयासलाई स्वागत गर्नेछ। यसका साथै उनले भने, ‘हामीलाई यो लडाइ आज अन्त्य हुन्छ भन्ने लागेको छ… यो आज नै अन्त्य हुनुपर्छ । यसको जस्ले पहल गर्दा नि राम्रो हुन्छ हाम्रो सहमति हुन्छ । एजेन्सी
