‘हामीले भोगेको सास्ती कसले सुन्ने ?’
नेपालगन्ज, १९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को न्यूरोडदेखि पश्चिम स्टरलजसम्म बाटो हिड्ने वटुवाहरुले वडाअध्यक्ष सुनिलसिंह हमाल बारे नानाथरीको कुराहरु गर्ने गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड पश्चिमदेखि स्टरलजसम्म बाटोमा जमेको पानी, फोहोर आदि ।तस्वीर : सत्यमखबर
विगत ६ महिनादेखि यो र त्यो नाममा आम बाटो हिड्ने बटुवाहरुलाई दुःख दिने काम बाहेक वडाअध्यक्षले केही नगरेको आरोपसम्म लगाउन भ्याएका छन् । न्यूरोडदेखि पश्चिम स्टरलजसम्मको बाटोमा पानी, फोहोर, हिलो र सड्क दुर्घटना बाहेक हाल नयाँ उपलब्ध केही नभएको भनाई टिभि मर्मत गर्न आएका एक जना बटुवाले आफ्नो भनाई राख्दै ‘हामीले भोगेको सास्ती कसले सुन्ने ?’ भन्ने प्रश्न गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड पश्चिम घरवारी टोलमा जमा भएको पानी निकाल्दै स्थानीय पीडित व्यापारीहरु । तस्वीर : सत्यमखबर
कोभिड–१...









