पूर्वमन्त्री राईद्वारा उपमहानगरलाई बहस गर्न खुला चुनौति
नेपालगन्ज, १० भाद्र – कोभिड–१९ जस्तो भयावह महामारीको बेला अति आवश्यक उपकरण भेन्टिलेटर खरिद गर्न नेपालगन्ज उपमहानगरपालिका मार्फत भेरी अस्पताललाई प्रदान गरिएको डेढ करोड रुपैयाँको रकम निकासा माग गर्न बेवास्ता गरेर रकम फ्रिज गराउने उपमहानगरपालिकाले आफ्नो कमी कमजोरी ढाकछोप गर्न विज्ञप्ती जारी गरेकोमा पूर्वमन्त्री एवं बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद ईस्तियाक राईको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत बाँकेको क्षेत्र नम्बर २ मा छनौट गरिएका योजनाहरु मध्ये दुईवटाको ठेक्का हुन नसक्दा र एउटा सम्झौता नै हुननसक्दा खर्च नभएको डेढ करोडको योजनालाई स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समितिको २०७७ असार १४ गतेको बैठकबाट शंसोधन गरी सोही दिन नै कोलेनिका तथा नेपालगन्ज उपमहानगरपालिकालाई असार १५ गते कार्यालय खुल्न...









