Sunday, November 24सत्यम खबर
Shadow

समाचारको प्रभाव : ‘विवादित फुल्टेक्राको बाटो छिट्टै बन्ने’– वडाअध्यक्ष सिंह

नेपालगन्ज, १६ भाद्र – नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले विवादित भन्दै आएको फुल्टेक्रा चौक तथा नारायण बर्माको घरदेखि फुल्टेक्रा स्कूलको सीमानासम्म मंगलबार अनुगमन गर्नु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणको नाममा विवादित बन्दै गएको फुल्टेक्रा चौक (शिवमन्दिर) को बाटो निर्माणका लागि मापदण्ड बमोजिम बाटो निर्माण हुने उहाँले आश्वासन दिंदै दिनुभयो ।

उपमहानगर प्रमुख डा. धवलशम्शेर राणाको उपस्थितिमा बिपिन रेग्मी, सन्तोषी सोनीतर्फ मापदण्ड बमोजिम नापी
गर्दै । तस्वीरः सत्यमखबर


फुल्टेक्रा चौक (शिवमन्दिर) बाटो निर्माणका विषयमा उपमहानगरपालिका प्रमुख राणा, वडाअध्यक्ष समिरप्रताप सिंह, वडा सदस्यहरु सावित्री शर्मा अधिकारी, दिपक श्रेष्ठ, सुरेश सोनी, नारायण बर्मा, विपिन रेग्मी लगायतको बिच आज मंगलबार बिहान ११ बजे छलफल भई बाटो बनाउने विषयमा सहमति कायम गरिएको वडाअध्यक्ष सिंहले बताउनुभयो ।
वडाअध्यक्ष सिंहका अनुसार विपिन रेग्मीले आजभोलि मै आफ्नो घर तोड्ने कार्य गर्ने त्यस लगत्तै अरुले समेत आफ्नो घर तोडी मापदण्ड बमोजिम नै फुल्टेक्रा चौराहको बाटो निर्माण थालनी गरिने बताउँदै भन्नुभयो– ‘कसैको पनि घर तोड्नु अगाडी सम्बन्धित ठेकेदारहरुलाई कहिलेदेखि कार्यको थालनी गर्ने जानकारी गराई छिटोभन्दा छिटो बाटो निर्माण गर्ने बताए ।’
विगतदेखि नै विवादित बन्दै आएका नारायण बर्मासित यसबारे जानकारी माग्दा उहाँले होइन मैले विकास निर्माणको कार्यमा कहिल्यै बाधा गरेको छैन, जनप्रतिनिधि र निर्माण ठेकेदारले मापदण्ड बमोजिम नै भएको हुँदा नतोड्नुपर्ने भएकोले हालसम्म नतोडिएको तर अब सहमति भए अनुसार पछाडी भागमा तोडिनेछु बताउनुभयो ।

उपमहानगर प्रमुख डा. राणा, वडाअध्यक्षलगायतको उपस्थितिमा नारायण बर्मातर्फ मापदण्ड बमोजिम नापी गर्दै । तस्वीरः सत्यमखबर


यसैगरी, विपिन रेग्मीसित यसबारे जानकारी माग्दा उहाँले म विगतदेखि नै घर तोडी बाटो निर्माण गर्ने पक्षमा भएको हुँदा हाल भएको सहमति अनुसार मैले भोलिदेखि नै मापदण्ड बमोजिम घर तोड्ने जानकारी गराउनुभयो ।
त्यसैगरी नारायण बर्माको घरदेखि फुल्टेक्रा स्कूलसम्मको पनि बाटो बन्ने भएको छ । मंगलबार भएको छलफलका अनुसार विगतमा सम्बन्धित व्यक्तिहरुले गरेको सहमति अनुसार ६ मिटरको बाटो कायम हुने गरी बाटो निर्माण गरिने र सो भित्र पर्ने सम्पूर्ण संरक्षण तोड्ने वडाअध्यक्ष सिंहले बताउनुभयो ।

फाईल तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *