
नेपालगन्ज, १९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को न्यूरोडदेखि पश्चिम स्टरलजसम्म बाटो हिड्ने वटुवाहरुले वडाअध्यक्ष सुनिलसिंह हमाल बारे नानाथरीको कुराहरु गर्ने गरेका छन् ।

तस्वीर : सत्यमखबर
विगत ६ महिनादेखि यो र त्यो नाममा आम बाटो हिड्ने बटुवाहरुलाई दुःख दिने काम बाहेक वडाअध्यक्षले केही नगरेको आरोपसम्म लगाउन भ्याएका छन् । न्यूरोडदेखि पश्चिम स्टरलजसम्मको बाटोमा पानी, फोहोर, हिलो र सड्क दुर्घटना बाहेक हाल नयाँ उपलब्ध केही नभएको भनाई टिभि मर्मत गर्न आएका एक जना बटुवाले आफ्नो भनाई राख्दै ‘हामीले भोगेको सास्ती कसले सुन्ने ?’ भन्ने प्रश्न गरे ।

कोभिड–१९ र बाँकेमा एकपछि अर्को लकडाउनले आक्रान्त रहेका व्यापारीहरुले घरको भाडा तिर्नु बाहेक कुनै काम र कारोबार नभएको जिकिर गर्छन् ।
एकजना व्यापारीले नाम नछाप्ने शर्तमा भने– ‘यस क्षेत्रमा बासोबास गर्ने घरबेटीहरुले पैसा कमाउने काम बाहेक विकासको काममा हातेमालो कसरी गर्ने भन्ने ज्ञान नै नभएको’ बताउँछन् ।
‘विगतमा वडा कार्यालयमार्फत गरिएको सहमति अनुसार बाटो फराकिलो बनाउन यदि घरबेटीहरुले घर तोडिदिएको भए हाल ६ महिनादेखि बाटो हिड्ने बटुवाहरुदेखि यस क्षेत्रमा कारोबार गर्ने कारोबारीहरुले भोग्दै आएको समस्या हुने थिएन्’ भनी गुनासो पोखे ।

केही दिन अगाडी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का बहुदलकुमार मौर्यले वडा कार्यालयले सडक र नाला विस्तारका नाममा नियम विपरीत काम गरेको आरोप खेपेका वडा नं. २ का वडाअध्यक्ष हमालले अब छिट्टै बाटो बन्ने बताएका छन् ।
वडाअध्यक्ष हमालले – ‘मौर्यले दिएको रिट अदालतबाट खरेज भएपछि नाला निर्माणका लागि अगाडीको भाग तोडिएको’ बताउँदै भने – ‘५ सय मिटरको योजना भएको हुँदा हाललाई पिपल चौताराबाट मौर्य तिर बाटो बनाउने र त्यसपछि चौताराबाट स्टरलजसम्मको बाटो छिट्टै बनाउने योजना ल्याउने’ बताउनुभयो ।

तस्वीर : सत्यमखबर
वडाअध्यक्ष हमालले – ‘बाटो मुनी पानीका पाईपहरु रहेको हुँदा र त्यसबाट निस्केको पानीको निकास समेत नभएको हुँदा त्यसको पानी निकासको लागि हामीले ढिलो भएपनि काम गरिरहेका छौं । अब सबै बन्छ, कहिले बन्छ त्यो प्राविधिकले भन्ने’ बताउनुभयो ।
