Wednesday, July 29सत्यम खबर
Shadow

राजनीति

ज्ञयानपुर्वामा नेपाल शिवसेनाको इकाई कमिटी गठन

ज्ञयानपुर्वामा नेपाल शिवसेनाको इकाई कमिटी गठन

धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० ज्ञयानपुर्वामा सोमबार नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको उपस्थितिमा ईकाइ कमिटी गठन गरिएको छ । राजितराम चमारको अध्यक्षमा गठित ईकाई कमिटीमा उपाध्यक्ष सुखराम खटिक, सचिव राजितराम खटिक, कोषाध्यक्ष सन्तोष खटिक, सदस्य, सल्लाहकार गरी ५१ सदस्यीय इकाई कमिटी गठन गरिएको केन्द्रिय सदस्य मदनराज शर्माले बताउनुभयो ।कार्यक्रम नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष रौनियार, केन्द्रिय सदस्य शेरबहादुर शाही, मदनराज शर्मा, गंगाराम बर्मा लगायत ८० बढीको सहभागितामा इकाई कमिटी गठन गरिएको थियो ।...
प्रशासकीय अधिकृत खरालको बिदाई

प्रशासकीय अधिकृत खरालको बिदाई

प्रदेश ५, राजनीति, समाचार, समाज
नरैनापुर, २९ भाद्र – बाँकेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि आईतबार गाउँपालिकाले एक कार्यक्रम गरी विदाई गरेको छ ।गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रशासन प्रमुख विजय कुमार यादव र सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले विदाई मन्तब्य ब्यक्त गर्दै छोटो समय काम गर्ने अवसर मिलेपनि कोभिड(१९ को संकटमा फसेको नरैनापुरलाई संकटबाट मुक्त गर्न अहम् भूमिका खेलेको भन्दै उहाँको प्रशंसा गर्नुभयो । खरालको नेतृत्वमा काम गर्दा उत्साह मिलेको उहाँहरुको भनाई थियो । प्रमुख प्रशासकीय अधिकृत खरालले विदाईको क्षण नरमाइलो भएपनि सरुवा नियमित प्रक्रिया भएको बताउँदै संगसंगै काम गर्दा सहयोग र साथ दिएको भन्दै सबैप्रति आभार प्रकट गर्नुभयो । अध्यक्ष शाहले खरालको नेतृत्वमा कोभिड–१९ नियन्त्रणसँगै गाउँपालिकाले सबै क्षेत्रमा राम्रो गति लिएको बत...
‘फुल्टेक्राका जनतालाई मुर्ख बनाई बाटो निर्माण’

‘फुल्टेक्राका जनतालाई मुर्ख बनाई बाटो निर्माण’

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २६ भाद्र – एशियाली विकास बैंकको शहरी विकास परियोजना (एडिबि) अन्तर्गत सडक निर्माण गर्दा अन्य अधिकांस स्थानीयका मापदण्ड बिपरितका घर र पर्खाल भत्काए पनि फुल्टेक्रा चौराह स्थितिय सन्तोष सोनी, नारायण बर्मा र विपिन रेग्मीको घरलाई नभत्काई बाटो निर्माण गर्न शुरु गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ हाल फुल्टेक्रा वडा नं. ६ मा शिव मन्दिर चौकमा रहेको बाटो मापदण्ड अनुसार निर्माण गरिने विषयमा केही दिन अगाडी उपमहानगरप्रमुख डा. धवलशम्शेर राणा, वडाअध्यक्ष समिरप्रताप सिंह, वडासदस्यहरु दिपक श्रेष्ठ, सुरेश सोनी, सावित्री शर्मा अधिकारीलगायतको छलफल भयो, छलफलबाट अब बाटो फराकिलो गर्न सम्बन्धित पक्षले घर तोड्ने भनी आम जनतालाई झुक्याउने तर्क सार्वजनिक गरिएको थियो ।मापदण्ड अनुसार घरधनीले घर भत्काउन नमानेपछि एडिबीले फुल्टेक्रा चौराहको चारैतिर करीब ५ सय मिटरको भाग कालोपत्रे गरेको थिएन । द...
‘विकासप्रेमी वडाअध्यक्ष हमाललाई सम्मान गर्नुपर्ने’

‘विकासप्रेमी वडाअध्यक्ष हमाललाई सम्मान गर्नुपर्ने’

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ भाद्र – विकासको काममा मनपरी गर्ने जनप्रतिनिधिदेखि घरबेटीसम्मलाई विधिवत सामाजिक सम्मान गर्नुपर्ने व्यङ्ग्य बटुवाहरुले गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड पश्चिम स्टर लजसम्म निर्माणको नाममा गरिएको ढिलोसुस्तीका कारण ओमकार उपाध्यायले व्यङ्ग्य गर्दै भने– ‘यसखाले वडाअध्यक्षदेखि सम्पूर्ण सदस्यहरुलाई यस क्षेत्रका जनताहरुले समाजमा स–सम्मान बोलाई फुलमाला लगाएर कदरपत्रले सम्मान पो गर्ने हो, गाली किन गर्ने ?’ बताए । उपाध्याय शुक्रबार बिहान आफ्नो मोटरसाईकलले आउँदै गर्दा बाटोमा लड्ेर तल खसे जिउभरी हिलोले हिल्लम्य भए, पछि रिसको झोकमा गाली नगरेर त्यहाँ रहेका व्यापारीहरु कै अगाडी नानाथरीका कुरा गर्दा भने– ‘होइन कस्तो विकास हो, ६ महिना बढी हुँदासम्म एउटा नालीको पूर्ण निर्माण गर्न नसक्नु ? कस्तो विकास हो, पानी नपरे पनि बाटो भरी पानी नै पानीले भरिपूर्ण हुनु, यस्तो विकास ...
डुडुवामा बनेको नाली चार दिन मै भत्कियो

डुडुवामा बनेको नाली चार दिन मै भत्कियो

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २३ भाद्र – डुडुवा–६ को बल्दीपुर्वामा निर्माण भएको नाली चार दिन मै भत्किएको छ । डुडुवा गाउँपालिका वडा न–६ स्थित बल्दीपुर्वामा ठेक्कामार्फत निर्माण भएको नाली बनेको ४ दिन मै भत्किएको छ ।गाउँपालिकाकाको योजना अनुसार ठेक्का सम्झौतामार्फत उक्त गाउँमा पिपिसि बाटो र नाली निर्माण कार्य भएको जनाइएको छ । स्थानीयका अनुसार ४–५ दिनदेखि शुरु भएको निर्माण कार्य सकिन नपाउँदै भत्किएपछि ठेकेदारको काममाथि प्रश्न उठेको छ । कामको गुणस्तरीयता नभएको स्थानीयको आरोप छ । नालीसँगै ढलान गरिएको पिपिसि बाटो समेत फुटेको छ । एकतिर ढलान हुँदै अर्को तिर नाली निर्माण भएको स्थानीय उमेशकुमार यादवले बताउनुभयो ।हिरमिनिया चौकीदेखि नयाँबस्ती जाने बाटोसंगै जोडिएको बाटोको नाली भत्किएको हो । त्यस्तै निर्माण गरिएको संरचना उचित ढंङ्गले निर्माण नभएको स्थानीय बताउँछन् । मुख्य बाटो गाउँमा भएको घरभन्दा अग्लो छ तर मुख्य बाटोसं...
कांग्रेसमा चर्किँदो विवाद भेला भएर महाधिवेशन सम्भव नभएपछि विकल्प खोज्दै नेताहरू

कांग्रेसमा चर्किँदो विवाद भेला भएर महाधिवेशन सम्भव नभएपछि विकल्प खोज्दै नेताहरू

राजनीति, समाचार, समाज
काठमाण्डौ, २२ भाद्र – पार्टीभित्र रहेका प्रतिस्पर्धीलाई पेलेर अगाडि बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल नसुल्झिने विवादमा फसेका छन् । यसअगाडिका विवाद भागबन्डामा टुंग्याएका देउवाका लागि यसपालि त्यो उपाय प्रभावकारी देखिएन ।पार्टीमा भिन्न गुट चलाइरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले विभाग गठनमा भाग नै लिएनन् । बरू उनीहरूले अहिले विभाग गठन गर्नु विधानविपरीत हुने र विभागले काम गर्ने समय नपाउने भएकोले त्यसको औचित्य नहुने अडान राखेका छन् ।यही गाँठो फुकाउन नसक्दा १४ औं महाधिवेशनको मुखमा देउवा विवादमा फसेका हुन् । विभाग र शुभेच्छुक संस्थामा गरी एक हजार जनाभन्दा बढीलाई देउवाले ‘पद बाँडेपछि’ काँग्रेसभित्र पछिल्लो समय विवाद चर्किएको छ । विवादको सुरूआत देउवाले गत पुस ११ मा एकलौटी निर्णयबाट गरेका थिए ।केन्द्रीय समितिमा देउवा पक्ष बहुमतमा...
विद्युतीय सवारीमा बढाएको कर घटाउन प्रधानमन्त्रीसँग माग

विद्युतीय सवारीमा बढाएको कर घटाउन प्रधानमन्त्रीसँग माग

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २२ भाद्र – अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपालका व्यवसायीहरुसँग छलफल गरेका छन् । उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधहरुसँगको प्रधानमन्त्रीले आज बालुवाटारमा बोलाएर छलफल गरेका हुन् । उक्त छलफल कार्यक्रममा व्यवसायीहरुले लकडाउन कै बीचमा व्यवसाय तथा बजार खुकुलो बनाउनुपर्ने, उद्योग तथा व्यापार गर्नका लागि सहजता हुनुपर्ने लगायतका माग राखेका थिए । उनीहरुले कसरी यो बीचमा उद्योग व्यवसाय चलाउन सकिन्छ भनेर सुझाव पनि दिएका छन् ।व्यवासायीहरुले अहिलेको समयमा इकमर्श लगायतका व्यवसायमा सरकाकरै अवरोध देखिँदा थोरै भए पनि भइरहेको व्यापारमा प्रभाव परेकोबारे जानकारी दिइएको एक व्यवसायीले सेतोपाटीलाई जानकारी दिए ।त्यस्तै, व्यवसायीले विद्युतीय सवारी साधनमा लगाएको कर घटाउन पनि माग गरेका थिए। भर्खरै मात्र राजीनामा दिएर बाहिरिएका युवराज खतिवडाले विद्युतीय सवारी...
डेमोक्रेसी भर्सेज ब्युरोक्रेसी

डेमोक्रेसी भर्सेज ब्युरोक्रेसी

बिचार, राजनीति, समाज
मनिषराज रेग्मी०४६ सालमा जनमानसले एतिहासिक जनआन्दोलनबाट नेपाल समृद्ध बन्छ, अब जनताको छोराहरुले जनचाहना अनुसार शासन चलाउने छन् भनेर ठुलो आशा र भरोसा राखेका थिए, ३० बर्षे निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य सँगसँगै परिवर्तनकारी शक्तिहरुले छोटो समयमा बिश्व कै उत्कृष्ट संविधान भन्दै २०४७ सालमा जारी गरे र त्यसको नेतृत्व गर्ने पार्टीलाई अर्थात नेपाली काँग्रेसलाई ५ बर्ष शासन गर्ने म्याण्डेट दिए, २०४९ सालमा स्थानीय निर्वाचन भयो, जनप्रतिनिधिमुलक शासन प्रारम्भ भयो तर सत्ता परिवर्तनको असर ब्यवस्थामा परेन, कर्मचारीको भरमा कार्य सम्पादन हुँदै गयो, ३० बर्षभन्दा बढी संघर्ष गरेका नेताहरु कर्मचारीलाई पैसा कमाउने जरियाको रुपमा प्रयोग गर्दै गए, पुराना कर्मचारीको ठाउँमा राजनीतिक दलका कार्यकर्तालाई भर्ना गर्न थालियो, बामपंथी र प्रजातान्त्रिक धारका कर्मचारी संगठनहरु भातृ शुभेच्छुक संस्थामा परिणत भए, न्यायपालिका, ...
राप्तीसोनारीमा बिद्युतीकरणको काम सम्पन्न गर्न अध्यक्ष थारुको आग्रह

राप्तीसोनारीमा बिद्युतीकरणको काम सम्पन्न गर्न अध्यक्ष थारुको आग्रह

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ भाद्र – राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गर्न नेपाल बिद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगन्जको ध्यानाकर्षण गराइएको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा आईतबार प्राधिकरण कार्यालय नेपालगन्ज पुगेको डेलिगेशन टोलीले यस्तो ध्यानाकर्षण गराएको छ । साविक बैजापुर र नरैनापुर गाविसमा बिद्युतीकरण गर्न ‘उष्मा÷गौरी पार्वती जेभी’ नामक ठेकेदार कम्पनीले २०६९ चैत २१ गते सम्झौता गरेपनि अहिलेसम्म काम अलपत्र अवस्थामा रहेको छ । ठेक्काको म्याद गुज्रिएपनि प्राधिकरणले यि ठाउँमा बिद्युतीकरणको काम सुरु गर्न सकेको छैन । सोही ठेकेदार कम्पनीले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको काम अलपत्र पारेपछि प्राधिकरणले गतवर्ष ठेक्का तोडेर आफै काम सम्पन्न गरेको थियो ।विगतमा प्रशारण लाईनको ठेक्का तोडेपनि प्राधिकरणले अह...
महानिर्देशक मिश्र लगायतलाई कारबाही गर्ने विप्लवको चेतावनी

महानिर्देशक मिश्र लगायतलाई कारबाही गर्ने विप्लवको चेतावनी

प्रदेश ५, राजनीति, समाज
नेपालगन्ज, २१ भाद्र – नेत्रविक्रम चन्द विप्लव समूहले मल आपूर्तिमा ढिलाइ गर्ने, रेल्वे ठेक्का परियोजनाका ठेकेदारमाथि सरकारले तुरुन्तै कारबाही नगरे आफैंले कारबाही गर्ने चेतावनी दिएको छ ।शनिबार विज्ञप्ति जारी गरी किसानलाई मल उपलब्ध नगराएर राष्ट्रघात गरेको, काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा अर्बौं चलखेल रहेको भन्दै उसले सरकारले तुरुन्तै कारबाही नगरे आफ्नो पार्टीले गर्ने चेतावनी दिएको हो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरी ठेकेदारहरूको नाम पनि सार्वजनिक गरेका छन् । यो कारबाही सूचीमा रेल्वे विभागका महानिर्देशक बलराम मिश्र, शैलुङ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी, होविको मल्टिमलका हुमनाथ कोइरालाललगायत छन् ।काँकडभिट्टा–इनरुवा खण्डमा रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै, आफ्नै राज्यको कानुनविपरीत ...