Sunday, April 26सत्यम खबर
Shadow

प्रशासकीय अधिकृत खरालको बिदाई

नरैनापुर, २९ भाद्र – बाँकेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि आईतबार गाउँपालिकाले एक कार्यक्रम गरी विदाई गरेको छ ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रशासन प्रमुख विजय कुमार यादव र सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले विदाई मन्तब्य ब्यक्त गर्दै छोटो समय काम गर्ने अवसर मिलेपनि कोभिड(१९ को संकटमा फसेको नरैनापुरलाई संकटबाट मुक्त गर्न अहम् भूमिका खेलेको भन्दै उहाँको प्रशंसा गर्नुभयो ।


खरालको नेतृत्वमा काम गर्दा उत्साह मिलेको उहाँहरुको भनाई थियो । प्रमुख प्रशासकीय अधिकृत खरालले विदाईको क्षण नरमाइलो भएपनि सरुवा नियमित प्रक्रिया भएको बताउँदै संगसंगै काम गर्दा सहयोग र साथ दिएको भन्दै सबैप्रति आभार प्रकट गर्नुभयो । अध्यक्ष शाहले खरालको नेतृत्वमा कोभिड–१९ नियन्त्रणसँगै गाउँपालिकाले सबै क्षेत्रमा राम्रो गति लिएको बताउनुभयो ।
जिन्सी शाखा प्रमुख भरत महतोले सहजीकरण गर्नु भएको विदाई कार्यक्रममा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, २ का अध्यक्ष मसुद अहमद शाह, ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा लगायत अन्य जनप्रतिनिधि, कर्मचारीको उपस्थिति थियो ।


नरैनापुर गाउँपालिकामा सात महिना प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खरालको बाँकेकै खजुरा गाउँपालिकामा सरुवा भएको छ । अब नरैनापुरमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा महेन्द्रजंग शाही आउँदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *