फुल्टेक्रामा धार्मिक आस्थाका मठमन्दिर जिर्ण हुँदै, मर्मत सम्भारको परखाईमा
नेपालगन्ज, १० असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ (हाल वडा नं. ६) फुल्टेक्रा गाउँ स्थित धार्मिक र आस्थाको रुपमा मान्यता प्राप्त जगन्नाथी थान (मन्दिर), होलिका दहन स्थान, फुल्टेक्रा स्कुल सामुन्ने रहेको सार्वजनिक कुँवा र सदियौंदेखि वडा नं. ६ का बासिन्दाहरुले शुभ–विवाहमा दुलहा घुमाउने कुँवालगायत स्थान मर्मत सम्भारको परखाईमा जिर्ण हुँदै गएको छ ।
धार्मिक आस्थाको रुपमा रहेको फुल्टेक्रा स्थित जगन्नाथी मन्दिर मर्मत सम्भारको परखाईमा । तस्वीर : सत्यमखबर
उक्त जिर्ण आस्थाका धरोहरहरुलाई संरक्षण गर्न वडा कार्यालयलाई पटक–पटक ताकेता गर्दा समेत कुनै वास्ता नगरेको पाईन्छ । स्थानीय युवा हितेश भारतीका अनुसार यस टोलमा भएका सम्पूर्ण धार्मिक आस्थाका रुपमा रहेका मन्दिर, सार्वजनिक जग्गाआदिलाई कसैले कब्जा गर्नु अगावै केही बजेटमार्फत मर्मत सम्भार र घेराबन्दी गर्नु उपयुक्त हुनेछ ।
धार्मिक आस्थाको रुपमा...









