काठमाण्डौ, २२ भाद्र – अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपालका व्यवसायीहरुसँग छलफल गरेका छन् । उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधहरुसँगको प्रधानमन्त्रीले आज बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।
उक्त छलफल कार्यक्रममा व्यवसायीहरुले लकडाउन कै बीचमा व्यवसाय तथा बजार खुकुलो बनाउनुपर्ने, उद्योग तथा व्यापार गर्नका लागि सहजता हुनुपर्ने लगायतका माग राखेका थिए । उनीहरुले कसरी यो बीचमा उद्योग व्यवसाय चलाउन सकिन्छ भनेर सुझाव पनि दिएका छन् ।
व्यवासायीहरुले अहिलेको समयमा इकमर्श लगायतका व्यवसायमा सरकाकरै अवरोध देखिँदा थोरै भए पनि भइरहेको व्यापारमा प्रभाव परेकोबारे जानकारी दिइएको एक व्यवसायीले सेतोपाटीलाई जानकारी दिए ।
त्यस्तै, व्यवसायीले विद्युतीय सवारी साधनमा लगाएको कर घटाउन पनि माग गरेका थिए। भर्खरै मात्र राजीनामा दिएर बाहिरिएका युवराज खतिवडाले विद्युतीय सवारीसाधानको आयातमा १ ५० प्रतिशतभन्दा बढीसम्म कर बढाइदिएका थिए ।
सरकारले कर बढाएपछि व्यवसायीहरुले भन्सारसम्म पु¥याएका यस्ता सवारीसाधान भित्र्याएका छैनन् ।
उक्त छलफलमा व्यवसायीहरुले सरकारले लकडाउनमात्र गरेर जाँदा उद्योग व्यवसाय चौपट हुने रोजगारी गुम्ने तथा बेरोजगारी बढ्ने सुझाव दिएका थिए ।
जतिधेरै लकडाउन बढ्दै जान्छ यसको खोल्ने योजना सारिँदैन त्यति–त्यति सरकारलाई नै महंगो पर्दै जाने व्यवसायीहरुले चेतावनी दिएका थिए । (सेतोपाटी)