Wednesday, July 29सत्यम खबर
Shadow

राजनीति

धार्मिक स्थलहरु यथासिघ्र खोल्न जसपा बाँकेद्वारा माग

धार्मिक स्थलहरु यथासिघ्र खोल्न जसपा बाँकेद्वारा माग

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २० असोज – कोभिड–१९ को महामारी कालमा बन्द गरिएको सम्पूर्ण आर्थिक, शैक्षिक, व्यवसायिकलगायत संघ संस्थाहरुलाई पुनः सम्पूर्ण रुपमा सुचारु गरिएको प्रति जनता समाजवादी पार्टी बाँकेले सरकारप्रति हार्दिक अभार प्रकट गरेको छ । जसपा बाँकेद्वारा आज मंगलबार जारी प्रेस विज्ञप्तीमा ‘विश्व ब्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोनाबाट देशका जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट विभिन्न स्वरुपमा बन्दाबन्दी गरेको अवस्थामा अहिले वर्तमान समयमा नेपाल सरकारले बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसार सम्पुर्ण सरकारी कार्यालय, औद्योगिक ब्यवसायीक प्रतिष्ठान लगायत सार्वजनिक स्थल तथा हवाई यातायातसम्म सुचारु गरी सकेकोले हाम्रो जनता समाजवादी पार्टी नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्दछु’ भनी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै २०७७ कात्र्तिक १ गतेबाट सुरु ह...
दुई हजार बढी नेकपा सदस्यले दिए राजीनामा

दुई हजार बढी नेकपा सदस्यले दिए राजीनामा

प्रदेश ५, राजनीति, समाचार
बुटवल, २० असोज – नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन् । राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन् ।यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन् । व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए । ‘पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन ग¥यो । हाम्रा माननीयहरूलाई मत राख्न समेत बञ्चित गरियो । यसरी निरंकुशता स्वीकार गरे...
मन्त्रीले रोष्टमबाटै भने– विरोध गर्ने सांसदलाई घिसारेर निकालिहाल्नुस्

मन्त्रीले रोष्टमबाटै भने– विरोध गर्ने सांसदलाई घिसारेर निकालिहाल्नुस्

प्रदेश ५, राजनीति, समाचार
काठमाडौं, १९ असोज – प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली काँग्रेसका सांसदलाई घिसारेर निकाल्न निर्देशन दिएका छन् ।आफूले बोलिरहेका बेला नाराबाजी र टेबुल ठटाइरहेका विपक्षी दलका सांसदलाई रोष्टमबाटै मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले बाहिर निकाल्न निर्देशन दिए । आफूभन्दा अगाडि रहेका मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले भने, ‘हेल्लो, समातेर हालि दिनुस् । घिसारेर निकालिहाल्नुस् । निकालिहाल्नुस् ।’यो बेला काँग्रेस सांसदले संसदीय मर्यादा कायम् गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए । लगत्तै बोलेका मन्त्री केसीले थपे, ‘मान्य सदस्यहरू। बाहिर निकालिहाल्नुस् ।’मन्त्री केसीले काँग्रेस सांसदलाई संसदमा तोडफोड गरेको भन्दै बिपीले गिज्याइरहेको बताएका थिए । संसदीय अभ्यासको नमूना कांग्रेसले प्रदेशसभामा तोडफोड गरेको उनको भनाइ थियो । स...
मन्दिर परिसरको जमिन खोस्ने प्रयासमा वडाध्यक्ष जुम्मन खाँ !

मन्दिर परिसरको जमिन खोस्ने प्रयासमा वडाध्यक्ष जुम्मन खाँ !

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १९ असोज – नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडामा यतिखेर साम्प्रदायिक सौहार्द बिगार्नमा स्वयं वडाध्यक्ष नै सक्रिय रहेको देखिन्छन् ।७ नं. वडाको प्रगतिशील मार्गमा ऐतिहासिक भगवान तलाउ रहेको थियो । यो तलाउको पूर्वपट्टि २०४४ सालमा स्व. रामलाल पोरवाल, स्व. राम गोपाल पोरवालको स्मृतिमा सुन चाँदी व्यवसायी साँवली पोरवाल, राधेश्याम पोरवालले राम जानकी मन्दिरको निर्माण गराएका थिए । उत्तरपट्टिमा मन्दिरको परिसर छ । यहाँ दशकौंदेखि हिन्दुजनहरु फागू पूर्णिमा (होली)मा होलिका दहन, तिज व्रतमा विविध कार्यक्रमको आयोजना त्यस्तै बडादशैंमा दुर्गा प्रतिमा स्थापना गरी नवरात्रि पर्वसम्म दुर्गा स्तृति कार्यक्रमको आयोजना गर्दै आएका छन् । अहिले हिन्दु आस्थाको यस जमिनमाथि ७ नं. वडाका वडाध्यक्ष जुम्मन खाँको कुदृष्टि परेको छ ।नपढे लेखेका निरक्षर वडाध्यक्ष खाँले पहिले ऐतिहासिक भगवान तलाउको अस्तित्व समाप्त पार्...
कडा सुरक्षाबीच नेकपा संसदीय दलको बैठक शुरू

कडा सुरक्षाबीच नेकपा संसदीय दलको बैठक शुरू

प्रदेश ५, राजनीति, समाचार
बुटवल, १९ असोज – प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक केहीबेर अघि सुरू भएको छ । प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक ११ बजेपछि सुरू भएको हो ।मुख्यमन्त्री शंकर पोखरेल नै ढिला आएकाले बैठक ढिला सुरू भएको हो । प्रदेश ५ को नेकपा संसदीय दलको कार्यालय बाहिर तैनाथ सुरक्षाकर्मी । तस्बिरः सेतोपाटी । बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी देउखुरी र नाम राजधानी राख्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सरकारले प्रदेश सभामा प्रस्ताव पनि पेस गरेको छ ।उक्त प्रस्तावमाथि छलफल गर्न आजै प्रदेश सभा बैठक बोलाइएको छ ।प्रस्ताव पारित गर्ने विषयमा भने नेकपा कै सांसदहरू नै विभाजित छन् । तीमध्ये सांसद विष्णु पन्थीले दाङ राजधानी बनाउने निर्णय गरे आफूले पार्टीको ह्वीप नमान्ने बताएका छन् । (सेतोपाटी...
दाङ राजधानीमा असहमति जनाउँदै समितिका संयोजकले दिए राजीनामा

दाङ राजधानीमा असहमति जनाउँदै समितिका संयोजकले दिए राजीनामा

प्रदेश ५, राजनीति, समाचार
दाङ, १९ असोज – प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्तावले सत्तारूढ नेपाल कम्युनिष्टमा तीव्र असन्तुष्टि देखिएको छ ।सोमबार प्रदेश सभाले प्रदेशको नाम र राजधानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । प्रदेश सभा बैठक १२ बजेका लागि डाकिएको छ । प्रशासनले निषेधाज्ञा लगाए पनि आइतबार बिहान बुटवलमा भएको प्रदर्शनमा सहभागी । तस्बिरः सेतोपाटी । सांसदहरू नै विभाजित भएपछि आज बिहान ७ बजे बोलाइएको नेकपाको संसदीय दलको बैठक अहिलेसम्म सुरू हुन सकेको छैन ।सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् ।बुटवल २ (क) बाट निर्वाचित श्रेष्ठ एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन् । उनले सुरूदेखि नै बुटवललाई राजधानी बनाउनु पर्ने लबिङ गर्दै आएका छन् । (सेतोपाटी)...
प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्न प्रस्ताव

प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्न प्रस्ताव

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १६ असोज – प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी दाङ राख्न प्रदेश सभा बैठकमा प्रस्ताव दर्ता भएको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेका छन् । ‘दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको देउखुरीलाई प्रदेशको स्थायी राजधानी राख्न प्रस्ताव गर्छु,’ उनले संसदमा भने, ‘प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गर्छु ।’उनले प्रतिपक्षीलगायत सांसदलाई नाम र राजधानीमा समर्थन जनाइदिन पनि आग्रह गरेका थिए । मन्त्री केसीले उक्त प्रस्ताव गरेलगत्तै विपक्षी दल नेपाली काँग्रेसका सांसदले उठेर विरोध गरेका थिए ।काँग्रेस सांसद रमा अर्यालले राजधानीका नाम तीन ठाउँमा प्रस्ताव गरे पनि संसदमा एक ठाउँको मात्रै नाम पेश गरिएकोमा विरो...
९० वर्षमाथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान

९० वर्षमाथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १६ असोज – बाँकेको नरैनापुरमा ९० बर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले विहिबार गाउँपालिकाको कार्यालय प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा ९० बर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । ६ वटै वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताउनुभयो । बुद्ध बुवाआमाको माया, इज्जत र सम्मान विनाको परिवार र समाजमा खुसी र सन्तुष्टि मिल्न नसक्ने भन्दै अध्यक्ष शाहले बुवाआमालाई जिउँदो देउताको संज्ञा दिनुभयो ।प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले संविधानले नै ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गरेको अवस्थामा उनीहरुको सम्मान र सहयोगमा कुनै कञ्जु...
स्थानीय सरकारका तीन वर्षः आश गर्ने ठाउँ छ है !

स्थानीय सरकारका तीन वर्षः आश गर्ने ठाउँ छ है !

बिचार, राजनीति
२०७४ असोज २ सम्पन्न निर्वाचनलाई अन्तिम चरण मान्दा संघीय प्रणाली अन्तर्गत सबै स्थानीय सरकारले स्थानीय शासनको कार्यभार सम्हालेको तीन वर्ष पूरा भएको छ । तीन वर्ष समयावधि कार्यसम्पादनका हिसाबले कम होइन । महेश पराजुली स्थानीय सरकारका कामकारबाहीका बारेमा आलोचना तथा प्रशंसा दुवै छन् । केही ‘निराशावादी’ ले भन्ने गरे जस्तो स्थानीय तहमा सबै बिग्रिएको पक्कै होइन । तर सबै राम्रो पनि भएको अवश्य छैन ।७५३ स्थानीय सरकारहरूमा केही अब्बल देखिएका छन् त केहीको अवस्था दयनीय छ, दुर्बल छ ।वैज्ञानिक विधिमा आधारित भई यति धेरै स्थानीय सरकारको कार्यसम्पादनको वस्तुनिष्ठ मूल्यांकन गर्न समय र श्रम दुवै चाहिन्छ जुन संस्थागत रूपमै हुनुपर्छ । यस अर्थमा यो लेख विगत तीन वर्षको सामान्य समीक्षा मात्रै हो ।सर्वप्रथमतः एउटा राज्यले स्थानीय सरकारसँग के अपेक्षा राखेको हुन्छ त ? यसबारे कुरा गरौं ।स्थानीय सरकारहरू जनतानजिक रह...
नेपाल भारत सीमा खोल्न ज्ञापन पत्र

नेपाल भारत सीमा खोल्न ज्ञापन पत्र

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, ११ असोज – नेपाल भारत सीमा तत्काल खोल्न राष्ट्रिय जनता पार्टी नरैनापुर बाँकेले नरैनापुर गाउँपालिकामार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन–पत्र बुझाएको छ । ज्ञापन पत्रमा नेपाल भारत सीमा बन्द लकडाउन रहेको कारण जनजीवन अस्तव्यस्त भएको र सीमा बन्दका कारण सामाजिक, आर्थिक, सांस्कृतिक समस्या उत्पन्न हुनुका साथै तस्करी एवं कालोबजारी समेत मौलाएको उल्लेख गरिएको छ । कोभिड–१९ को महामारी रोकथामको लागि नेपाल भारत सीमा बन्द गरिए पनि कोरोनामा कमी आउन नसकेको, अन्तर्राष्ट्रिय, राष्ट्रिय हवाई मार्ग सञ्चालनमा रहेको र सार्वजनिक यातायात समेत सञ्चालन भएको हुँदा नेपाल सीमा बन्द गर्नुको कुनै औचित्य नभएको राष्ट्रिय जनता पार्टीद्वारा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा पूर्व र दक्षिण भारतीय सिमानासँग जोडिएको नरैनापुरका आम जनसामुदायले स–सानो व्यापार ...