राप्तीसोनारी, ६ असोज – राप्तीसोनारी गाउँपालिकाका प्रशासकीय प्रमुखको कार्यकक्ष र लेखा शाखामा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले ताला लगाइ दिएका छन् । प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राहीको काममा लापरबाही गरेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले ताला लगाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत सेवाग्राहीको कामप्रति जिम्मेवार नभएको, पालिका अध्यक्षसँगको समन्वय बिना काम गर्ने गरेको आरोप लगाउँदै पालिका अध्यक्ष थारुले बस्नेतको कार्यकक्षमा ताला लगाई दिएपछि विवाद उत्कर्षमा पुगेको छ ।
गाउँपालिका श्रोतका अनुसार प्रशासकीय अधिकृत बस्नेतले कार्यपालिकाको निर्णय विपरीत झण्डै ५० लाख पर्ने सावारी साधन समेत खरिद गरेपछि विवाद बहिर आएको हो । केही दिन अघि अधिकृत बस्नेतले आफु चढ्नका लागि स्कारपियो गाडी खरिद गरेका थिए । पालिका अध्यक्ष थारुले प्रशासकिय अधिकृत बस्नेत र लेखा शाखमा ताला लगाएको ताला सोमाबार साँझ खोलिएको भए पनि आज (मंगलवार) पालिका कर्मचारीहरुलाई केही समय पेन डाउन गरेर काम काज ठप्प पार्न प्रशासकीय अधिकृतले सुझाएको एक कर्मचारीले बताए ।
पालिका अध्यक्ष थारुका स्वकिय सचिव सन्तोष थारुले प्रमुख प्रशासकीय अधिकृत बस्नेत गैर जिमेवार बनेका कारण पालिकामा बिवाद सृजना भएको बताए । उनले बिवाद समाधानका लागि दुवै पक्ष बिच छलफलको तयारी भइरहेको छ ।