Wednesday, July 29सत्यम खबर
Shadow

राजनीति

सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्योः शेखर कोइराला

सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्योः शेखर कोइराला

राजनीति, समाज
काठमाडौं, १३ मंसिर – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थालेको बताएका छन् । उनले लोकतान्त्रिक शासन व्यवस्था नै गुम्ला कि भन्ने शंका बढेको बताए ।नेपाली काँग्रेस सुनसरी–काठमाडौ सम्पर्क समितिले काठमाण्डौमा आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार डा कोइरालाले भने, ‘सबै तिरबाट लोकतन्त्र माथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरू हुन थालेको छ । यस्तो बेलामा महाधिवेशनमार्फत काँग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ ।’ कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४ औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।कोरोना भाइरस अझै केही समय रहिरहन सक्ने बताउँदै उनले यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुने बताए ।कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभा...
हिन्दु राष्ट्रको माग गर्दै नेपालगन्जमा मोटरसाइकल र्याली (फोटो फिचरसहित केही झलकहरु)

हिन्दु राष्ट्रको माग गर्दै नेपालगन्जमा मोटरसाइकल र्याली (फोटो फिचरसहित केही झलकहरु)

धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १३ मंसिर – “राजा ल्याऔं देश बचाऔं, राजा नआए प्रजाको विनाश हुन्छ”, भन्ने नाराका साथ हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाका लागि नेपालगन्जमा शनिबार हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालिएको छ । हिन्दु राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल ¥यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट न्युरोड, पुष्पलाल चोक, सुर्खेत रोडको वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, सदरलाईनदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरेका छ ।नेपालको राष्ट्रिय झन्डा तथा भगुवा झण्डा बोकेर र्यालीमा हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाइएको थियो । https://www.youtube.com/watch?v=bpgdmURHGxE...
आज उद्योग वाणिज्य महासंघको चुनाव  : कुन प्यानलमा को-को छन उम्मेदवार ?

आज उद्योग वाणिज्य महासंघको चुनाव : कुन प्यानलमा को-को छन उम्मेदवार ?

राजनीति, समाचार
काठमाडौं, १३ मंसिर – निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको आज शनिबार काठमाण्डौका विभिन्न तीन स्थानमा निर्वाचन हुँदैछ ।कोरोना महामारीका बीच जुममार्फत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट उद्घाटन गर्नुभएको थियो । महासंघको ५४ औं वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाण्डौका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ ।कोरोना संक्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छ...
पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरौं – मुख्यमन्त्री शंकर पोखरेल

पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरौं – मुख्यमन्त्री शंकर पोखरेल

राजनीति, समाचार
काठमाण्डौ, १३ मंसिर – स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग मिल्नुको विकल्प नभएको बताउनु भएको छ । अब विवाद लम्बाउन नहुने दुई अध्यक्ष मिलेर समस्या समाधान गर्नुपर्ने पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकिकृत प्रतिवेदन बनाउनु पर्ने बताउनुभएको छ । उहाले सामाजिक संजालमा लेख्नु भएको छ – म फेरी पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस् ।नेता पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरि एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध पनि गर्नुभएको छ ।यसैवीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे...
‘सरकार भ्रष्टाचारमा लिप्त’ केन्द्रीय सदस्य बस्नेत

‘सरकार भ्रष्टाचारमा लिप्त’ केन्द्रीय सदस्य बस्नेत

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १३ मंसिर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनु भएको छ ।नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद केन्द्रीय खेलकुद विभागले शुक्रबार नेपालगन्जमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै जनताको म्यान्डेट पाएको सरकार भ्रष्टचारमा लिप्त हुनु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।‘जनतालाई विकास र सम्बृद्धिको आशा जगाएको सरकार अहिले भ्रष्टचारमा उन्मुक्त भएको छ’ उहाँले भन्नुभयो– ‘अर्को चुनावले यसको हिसाव किताव दिने छ ।’ उहाँले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका नखेलेकोमा आक्रोस पोख्नुभयो ।लकडाउनका कारण ठूलो संख्यामा भित्रिएका नेपाली अहिले वेराजगार भएर फेरि विदेश पस्नु सरकारको नालायकीपन भएको टिप्पणी गर्नुभयो । ‘ज्यानको जोखिम मोलेर अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरु भारत गइरहेको स...
‘प्रहरी हस्ताक्षेप हुनु घोर निन्दनीय’- हल्वाई

‘प्रहरी हस्ताक्षेप हुनु घोर निन्दनीय’- हल्वाई

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १० मंसिर - जनमत पार्टी बाँकेद्वारा आयोजित केन्द्रीय कार्यक्रम रङ्गभेद विरोध एकता दिवसमा बाँके प्रहरीको हस्तक्षेप हुनु घाेर निन्दनीय रहेको जिल्ला सदस्य जाबिर हल्वाईले बताएका छन् । 'आज बुधबार २०७७ मंसिर १० गतेका दिन चौलिक्का चौकमा कोणसभा हुनु अगाडी नै राजनीतिका कारणबाट हाम्रो कार्यक्रममा हस्तक्षेप गरि संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेष राजू शेष, विनोद कुम्हार लगायतलाई गिरफ्तार गरी जिप्रका बाँके लगी अपमान गरेकोले घटनामा संग्लग्न प्रहरी सीमा चौकी(जैसपुर)का इन्चार्ज सई मीनबहादुर विष्ट तथा अर्का सई नाम नखुलेका माथि तत्काल कार्वाही गर्न माँग गर्दछु ।' भनी जिल्ला सदस्य हल्वाई द्वारा जारी नाेटमा उल्लेख गरिएकाे छ । साथै गिरफ्तार गरिएका सम्पूर्ण नेताहरू रिहा भइ सकेको जानकारी सम्पूर्ण स्वराजीहरुलाइ गराउन चाहन्छौं भनी माग गरिएकाे सदस्य हल्वाईले जनाएका छन् ।...
नेकपामा तीनसय बढी प्रवेश

नेकपामा तीनसय बढी प्रवेश

प्रदेश ५, राजनीति, समाचार
डुडुवा, १० मंसिर – बाँकेको डुडुवा गाउँपालिकामा बुधबार विभिन्न पार्टीका साढे तीनसय बढी नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन । नेपाली काँग्रेस, जसपा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका साढे ३ सय बढी नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको नेकपा डुडुवा गाउँपालिका अध्यक्ष शकिल खानले जानकारी गराउनुभयो ।जसपाका जिल्ला कमिटी सदस्य सतिउल्ला बागवान, कार्यकर्ता अनवर खाँ, नेपाली काँग्रेसका निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय कमिटी सदस्य कैयुम खाँ, कार्यकर्ताहरु गरिबे खाँ, रहमान खाँ, राप्रपाका बिनयराज त्रिपाठी लगायत साढे ३ सय बढी कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको अध्यक्ष शकिल खानले बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डुडुवा गाउँपालिकाले बुधबार दशै, तिहार, नेपाल सम्बत, मोहम्मद डे तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभ...

सीमा तत्काल खोल्न जसपाको माग

राजनीति, समाचार, समाज
काठमाडौं, ९ मंसिर – जनता समाजवादी पार्टी नेपालले भारतसँग सीमा जोडिएका नेपालका सबै नाका खोल्न माग गरेको छ ।पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित र सहज गर्नुपर्ने माग गरेका हुन् ।लामो समयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुको साथै (तराई–मधेश) सीमा क्षेत्र आसपासका बासिन्दाको जीवन कष्टकर भएको सोमबार जसपाले निकालेको विज्ञप्तिमा उल्लेख छ । ‘जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।कोरोना भाइरस महामारीपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । त्यसबेलादेखि भारतसँग जोडिएको सबै सीमा बन्द गरिएको थियो पछि भने केही नाका आउजाउका लागि खुला भए पनि सहज छैन् ।...
अख्तियारमा स्थानीय तहविरुद्ध उजुरीको चाङ, चार महिनामा ३ सय २९ मुद्दा

अख्तियारमा स्थानीय तहविरुद्ध उजुरीको चाङ, चार महिनामा ३ सय २९ मुद्दा

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बुटवल, ९ मंसिर – कोरोना महामारीको नियन्त्रण तथा व्यवस्थापनमा खर्च भएको भन्दै मनोमानी रुपमा बिल भुक्तानी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको मर्चबारी गाउँपालिकामा छानविन सुरू ग¥यो ।भारत तथा तेस्रो मुलुकबाट समेत कोरोना महामारीका कारण घर फर्किएका मानिसलाई राख्नको लागि बनाईका क्वारेन्टिनमा मात्र करिब चार करोड रुपैयाँ खर्च भएको भन्दै गाउँपालिका कार्यालयमा बिल पेश गरिएको थियो । गाउँपालिकाले सबै वडाहरूमा क्वारेन्टिन सञ्चालन गरी त्यसको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित वडा अध्यक्षलाई नै दिएको थियो । वडा अध्यक्षहरूले नै मनोमानी रुपमा बिलको भुक्तानी लैजान थालेपछि अख्तियार कार्यालयमा उजुरी परेको थियो ।सोही उजुरीका आधारमा कागजात नियन्त्रणमा लिएको अख्तियार कार्यालयले अहिले छानविन गरिरहेको छ ।गत भदौमा रुपन्देहीकै रोहिणी गाउँपालिका वडा नं. २ का वडाअध्...
देउवालाई आठ मन्त्रालयसहित सहकार्यको प्रस्ताव राखे ओलीले

देउवालाई आठ मन्त्रालयसहित सहकार्यको प्रस्ताव राखे ओलीले

राजनीति, समाचार
काठमाडौँ, ७ मंसिर – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेका छन् ।शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेका छन् । फाइल फोटो । देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिएको एक उच्च राजनीतिक स्रोतले देश सञ्चारलाई बतायो ।प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव देउवा समक्ष ओलीले राखेको स्रोतले बतायो ।देउवाले तत्काल कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि ओलीसँग आग्रह गरेको बुझिएको छ । (देश सञ्चार)...