नेकपा प्रवक्ता भन्छन्– चितवन घटना निन्दनीय छ
काठमाडौं, ६ मंसिर – नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे माथि चितवनमा दुव्र्यवहार भएको भन्दै आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै नेकपा प्रवक्ता श्रेष्ठले यस्ता व्यवहारलाई प्रोत्साहित गरेमा कसैको हित नहुने उल्लेख गरेका छन् ।
नारायणकाजी श्रेष्ठ
“आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद कमरेड सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुव्र्यवहारको घटना अति निन्दनीय एवं भत्र्सना योग्य छ,” प्रवक्ता श्रेष्ठले लेखेका छन्, “यसप्रकारको व्यवहार प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन, चेत होस् ।”यसअघि नेकपाका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले पनि पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य पाण्डे सहभागी भएको कार्यक्रममा सुनियो...








