Tuesday, April 21सत्यम खबर
Shadow

‘प्रहरी हस्ताक्षेप हुनु घोर निन्दनीय’- हल्वाई

नेपालगन्ज, १० मंसिर – जनमत पार्टी बाँकेद्वारा आयोजित केन्द्रीय कार्यक्रम रङ्गभेद विरोध एकता दिवसमा बाँके प्रहरीको हस्तक्षेप हुनु घाेर निन्दनीय रहेको जिल्ला सदस्य जाबिर हल्वाईले बताएका छन् ।

‘आज बुधबार २०७७ मंसिर १० गतेका दिन चौलिक्का चौकमा कोणसभा हुनु अगाडी नै राजनीतिका कारणबाट हाम्रो कार्यक्रममा हस्तक्षेप गरि संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेष राजू शेष, विनोद कुम्हार लगायतलाई गिरफ्तार गरी जिप्रका बाँके लगी अपमान गरेकोले घटनामा संग्लग्न प्रहरी सीमा चौकी(जैसपुर)का इन्चार्ज सई मीनबहादुर विष्ट तथा अर्का सई नाम नखुलेका माथि तत्काल कार्वाही गर्न माँग गर्दछु ।’ भनी जिल्ला सदस्य हल्वाई द्वारा जारी नाेटमा उल्लेख गरिएकाे छ ।

साथै गिरफ्तार गरिएका सम्पूर्ण नेताहरू रिहा भइ सकेको जानकारी सम्पूर्ण स्वराजीहरुलाइ गराउन चाहन्छौं भनी माग गरिएकाे सदस्य हल्वाईले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *