Thursday, March 12सत्यम खबर
Shadow

हिन्दु राष्ट्रको माग गर्दै नेपालगन्जमा मोटरसाइकल र्याली (फोटो फिचरसहित केही झलकहरु)

नेपालगन्ज, १३ मंसिर – “राजा ल्याऔं देश बचाऔं, राजा नआए प्रजाको विनाश हुन्छ”, भन्ने नाराका साथ हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाका लागि नेपालगन्जमा शनिबार हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालिएको छ ।


हिन्दु राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल ¥यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट न्युरोड, पुष्पलाल चोक, सुर्खेत रोडको वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, सदरलाईनदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरेका छ ।
नेपालको राष्ट्रिय झन्डा तथा भगुवा झण्डा बोकेर र्यालीमा हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *