Sunday, August 2सत्यम खबर
Shadow

राजनीति

मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता

मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १४ पुस – तराई–मधेश केन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ । सोही क्रममा आईतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो । संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन् । जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ । जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगा...
नेपाल निजामती कर्मचारी संगठन नरैनापुरमा मिश्राको नेतृत्व

नेपाल निजामती कर्मचारी संगठन नरैनापुरमा मिश्राको नेतृत्व

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १२ पुस – नेपाल निजामती कर्मचारी संगठन, नरैनापुर कार्यको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । नरैनापुर सामुदायिक भवनमा सम्पन्न अधिवेशनले लक्ष्मीकान्त मिश्राको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसहमति रूपमा चयन भएको समितिको अध्यक्षमा लक्ष्मीकान्त मिश्रा, उपाध्यक्षमा जीवनलाल यादव, कोषाध्यक्षमा कमल के सी तथा सचिवमा विनोद चौधरी चयन भएका छन् । यस्तै गरि अविधेशनले समितिको सदस्यहरुमा सदस्य हुश्न बानो दर्जी, घनश्याम थारू, मनबहादुर थापा, अब्दुल हकिम गुजर, टेकबहादुर धोबी, अफरोज खाँ र राम निवास बाहुनलाई चयन गरेको छ । नेकपा एमाले निकट जिल्ला पेशागत ईञ्चार्ज कृष्ण थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य गणेश रिजाल र जिल्ला अध्यक्ष देबीलाल चौलागाई लयायतले आ–आफना मन्तब्य राखेका थिए । नवनिर्वाचित पदाधिकारीहरुलाई जिल्ला ...
जसपा नेपाल बाँके कार्यसमितिलाई पूर्णता

जसपा नेपाल बाँके कार्यसमितिलाई पूर्णता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ५ पुस – जनता समाजवादी पार्टी नेपाल बाँकेले जिल्ला समितिलाई पूर्णता दिएको छ । नेपालगन्जमा बिहीबार भएको भेलाले ३१ सदस्यीय समिति बिस्तार गर्दै समितिलाई पूर्णता दिएको हो । समितिले यसअघि नै जिल्ला अध्यक्षमा कौशलकुमार धोवी, उपाध्यक्षद्धयमा रमारानी वैश्य, र अकबर अलि खाँ, सचिवमा सूर्यलाल यादव, सहसचिवद्वयमा श्यामप्रसाद श्रेष्ठ र राहिल किंघरिया चयन हुनु भएको थियो । भेलाको प्रमुख अतिथि एवं पार्टीका केन्द्रीय सचिवसमेत तथा नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको बिस्तार गरिएको बताउनुभयो । उहाँले सोही निर्णय अनुसार नै पार्टीको जनवर्गीय संगठन बिस्तार लगायतको कार्यक्रम निरन्तर रुपमा हुने र पार्टीको विभिन्न स्थानीय तहहरुमा संगठन निर्माण कार्यलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्र...
गृहमन्त्री लेखकले दिलाए पुरुषलाई महिलाको नागरिकता

गृहमन्त्री लेखकले दिलाए पुरुषलाई महिलाको नागरिकता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ पुस – के पुरुषले महिलाको नागरिकता पाउन सक्छन्? तपाई पुरुष हुनु भयो र नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जानु भयो भने महिलाको नागरिकता पाउनुहुन्छ? सामान्यतया यो कल्पना बाहिरको कुरा हो। तर, पुरुषले महिलाको नागरिकता पाएका छन्। यसरी नागरिकता दिलाउने काम गरेका हुन् गृहमन्त्री रमेश लेखकले। गृहमन्त्री लेखकको दबाबसहितको निर्देशनमा जिल्ला प्रशासन कार्यालय ललितपुरले पुरुषलाई महिलाको नागरिकता दिएको हो। यसको एक मात्र आधार अनुभूतिलाई मानिएको छ। उनी पुरुष हुन्, तर, महिलाको अनुभूति हुन्छ भनेकै आधारमा गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालयलाई दबाब दिएर नागरिकता दिलाएका छन्। अनुभूतिका आधारमा पुरुषलाई महिलाको नागरिकता जारी गर्दा प्रशासन कार्यालयका कर्मचारीहरू भने अचम्ममा परेका छन्। अनुभूतिका आधारमा नागरिकता दिन किटानी साथ लेखेर आयो,सर्वोच्च अदालतको परमादेश पनि त्यही थियो,ती कर्मचारी...
संस्कृति मन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप

संस्कृति मन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नविन थापा काठमाण्डौ, ३ पुस – संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री वद्री पाण्डेमाथि विदेशी प्रभावको साधन बनेर सांस्कृतिक उपनिवेशवाद र राष्ट्रिय सार्वभौमसत्तामा असर गर्ने गतिविधिहरू बढाएको आरोप लाग्न थालेको छ । यो आरोप नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा हस्ताक्षर गरेपछि काठमाडौँमा आयोजित नवौँ नानहाई बौद्ध सम्मेलनको आयोजनासँगै लाग्न थालेको हो । मन्त्री पाण्डेको अनुमतिमा उक्त सम्मेलन आयोजना गरिएको भनिएपछि नेपालको सांस्कृतिक र राजनीतिक क्षेत्रमा चिनियाँ प्रभावबारे गम्भीर बहस सुरु भएको छ ।   मन्त्री पाण्डे, जो कांग्रेस महामन्त्री गगन थापा र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग नजिक छन्, आफ्नो कार्यशैलीका कारण आलोचनाको केन्द्रमा छन् । स्रोतका अनुसार पाण्डे मन्त्री नियुक्त हुन गगन थापाको ठूलो भूमिका थियो । थप रूपमा, मन्त्री पाण्डेमाथि सातदोबाटो स्टेडियममा रहेको ...
के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
अश्विन दानी मितिः २०८१ मंसिर २७ गते यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’ जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने उदेश्यका साथ भएको हो । तर, आखिर पत्रकारहरुले नै आफ्नो साझा संगठनमा किन तालाबन्दी गर्छन् ? यो प्रश्नको जवाफ पत्रकार महासंघका हालसम्मका नेतृत्व र भावी नेतृत्वको आशा बोकेर चुनावी मैदानमा होमिएकाहरुले दिन सक्छन् या सक्दैनन् ? त्यो मलाई थाहा छैन । तर, मलाई यो पक्कै थाहा छ । यस्तो किन हुन्छ ? किनकी, स्वतन्त्...
नेपाल पत्रकार महासंघ, बाँके शाखा विरुद्ध रिट दायर

नेपाल पत्रकार महासंघ, बाँके शाखा विरुद्ध रिट दायर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ मंसिर – नेपाल पत्रकार महासंघ बाँके शाखा चुनावको संघारमा रहेको समय सदस्यता नविकरणबाट पीडित पत्रकार आजको सामना साप्ताहिकका सम्पादक अजयकुमार गुप्ताले बुधवार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा महासंघ विरुद्ध रिट दायर गरेका छन् । आजको सामना साप्ताहिक विगत २६ वर्षदेखि नियमित रुपमा प्रकाशित हुँदै प्रेस काउन्सिलबाट हुने वर्गीकरणमा वर्तमान समय ख वर्गमा रहेको छ । पत्रकार गुप्ता यसबीच सत्यमखबर डटकम र समाचार रेखा न्यूजडटकमबाट डिबेट कार्यक्रम चलाउँदै गत वर्षसम्म त्रिभुवनचोकमा ‘त्रिभुवनचोक बोल्दछ’ डिजिटल प्रविधिबाट जनताको आवाज उठाउँदै आएका थिए । पत्रकार महासंघमा उनी २०५६ सालबाट साधारण सदस्यको रुपमा कार्य गर्दै उपसभापति र कैयन पटक केन्द्रिय पार्षदमा कार्यरत रहे । केही वर्षदेखि नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण हुनुपर्ने माग उठ्दा महासंघले गुप्ता लगायत पचासौं जना पत्रकारक...
नेपाली कांग्रेस सय दिने, सुदृढिकरण अभियानमा

नेपाली कांग्रेस सय दिने, सुदृढिकरण अभियानमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २३ मंसिर – नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम जेष्ठ नागरिक महिला र युवाको योगदान सय दिने पार्टी संगठन सुदृढिकरण देश ब्यापी अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा बृहत वडा भेला सम्पन्न भएकोछ । नेपाली कांग्रेस बाँके जिल्लाबाट खटिएका सय दिने कार्यक्रमका संयोजक प्रमुख अतिथि पुर्व प्रदेश सभा सदस्य तथा नेपाल किसान महासंघका जिल्ला उपसभापति मो. याकुब अंसारीको उपस्थितमा नेपाली कांग्रेस पार्टी प्रति कार्यकर्तामा उत्तरदायित्व बोध सहित कसरी जनमुखी हुँदै संगठनलाई अझ शसक्त रुपमा सुदृण बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ बृहत चर्चा परिचर्चा गरिएको छ । नेपाली कांग्रेसको मुटु नै बुथ कमिटी, टोल समिति, नेपाल किसान महासंघ, तरुण दल, बिद्यार्थी संघ, महिला संघ लगायत भातृ संगठनका नेता कार्यकर्तालाई आ–आफ्नो भुमिकामा आउन र पार्टी र जनप्रतिनिधिहरुका बिचको सहज समाजस...
नेपाल किसान महासंघ देश ब्यापी, आत्मनिर्भर अभियानमा

नेपाल किसान महासंघ देश ब्यापी, आत्मनिर्भर अभियानमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २३ मंसिर, नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघले शनिबार बृहत कार्यक्रम बिच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा महासंघले आफ्नो संगठन बिस्तार गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सदस्य मिना बोहरा सिद्दीकीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमका अतिथिहरुमा महाधिवेशन प्रतिनिधि राजकुमार बर्मा, पुर्व प्रदेश सभा सदस्य तथा नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष मो.याकुब अन्सारी, महाधिवेशन प्रतिनिधि सुदिपनर सिंह राणा, लुम्बिनी प्रदेश सदस्य परमेश्वरी पाठक, नगर कार्यवाहक सभापति धनराज बर्मा लगायतका बक्ताहरुबाट नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टी संगठनका सबै तहतप्कालाई आ–आफ्नो सांगठनिक दायित्वमा आउन आग्रह गरेका छन । साथै नेता कार्यकर्तालाई धैर्यताका साथ अगाडी बढ्न र लोकतन्त्रमा चुनावी प्रकृया गुट् उपगुट स्वाभाविक हो र यसलाई सहज रुप मै लिनु पर्छ र नेतृत्वलाई स...
प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाई बिशेष अभिनन्दन

प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाई बिशेष अभिनन्दन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओसंग शिष्टाचार भेट गरेका छन् । इस्ट टिमोरको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिबालयले जनाएको छ । सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री गुस्माओलाई शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गर्नु भयो भने प्रधानमन्त्री गुस्माओले नेपालसंगको मैत्रीपुर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने बताउनु भयो । भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको विस्तार गर्ने बिषयमा पनि छलफल भयो । प्रधानमन्त्री गुस्माओले सांसद ढकाललाई बिशेष अभिनन्दन समेत गरेका थिए । साथै सांसद ढकालले इस्ट टिमोरका पूर्व प्रधानमन...