Thursday, July 10सत्यम खबर
Shadow

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

नेपालगन्ज, १५ पुस – लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निर्माण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरिक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिनुभएको छ ।

साढे तीन तले सुविधा सम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निर्माण सम्पन्न भएपनि बाँकी बक्यौता रकम निकाशा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन । २०८१ असार १३ गते तोकिएको समयावधि भित्र भवन निर्माण कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि २०८१ असार २३ गते फाइल पेश गर्दा बजेट अभावको कारण देखाई भुक्तानी रोकिएको थियो ।

चालु आर्थिक वर्षको अहिले ५ महिनाभन्दा बढी समय विति सक्दा पनि भुक्तानी नभएपछि समस्यामा परेको निर्माण कम्पनी सनलाईट÷एनपी कन्स्ट्रक्सन जेवी नेपालगन्जका संचालक मोहनप्रकाश आचार्यले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण सम्झौताको अवधी भित्रै ऋण साप्टी लिएर भएपनि निर्माण कार्य सम्पन्न गरेर समयमा भुक्तानी नहुँदा ठुलो संकट भएको छ ।

भवन निरिक्षणका क्रममा मन्त्री समक्ष निर्माण कम्पनीका संचालक आचार्यले आफ्नो समस्या राख्दै बाँकी बक्यौता रकम निकाशाका लागि आग्रह गर्नु भएको छ । त्यस क्रममा मन्त्री अग्रवालले मन्त्रालयमा बजेटको अभाव भएकाले चालु आर्थिक वर्षको योजनाको बजेटलाई रकमान्तरण गरि भुक्तानी गर्न सकिने विकल्प भएकाले त्यसका लागि आवश्यक पहल गर्ने बताउनुभयो । मन्त्री अग्रवालले अत्याधुनिक भवनले अस्पतालको थप सेवास्तर बृद्धि भएको र प्रहरीलाई मात्र नभई बाहिरका विरामीलाई पनि सेवा प्रदान गर्नमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

निरिक्षणका क्रममा अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक डा. दिपा न्हुच्छे प्रधान र प्रहरी नायब उपरिक्षक डा. श्यामकृष्ण लौडारीले मन्त्री अग्रवाललाई अस्पतालको सेवा सुविध लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

भवनको निरिक्षणमा लुम्विनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभासदस्य रत्न खत्रीले अत्याधुनिक भवनले पश्चिम क्षेत्रका प्रहरीलाई औषधी उपचारमा सहयोग पुगेको भन्दै अस्पताल भित्रको विशेषज्ञतालाई बाहिरका आम नागरिकलाई पनि उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

भुकम्प प्रतिरोधात्मक साना ठुला गरि ६७ कोठा लिफ्टसहितको अत्याधुनिक साढे तीन तले भवन रु ८ करोड २१ लख ६३ हजार ८३८ (मुल्य अभिबृद्धिकर सहित) को लागतमा निमार्ण गरिएको निर्माण व्यवसायी आचार्यले बताउनुभयो ।

उहाँका अनुसार भवन निर्माणको कार्य सम्पन्न गरेको र अहिले रु १ करोड ६२ लाख ७५ हजार ८७६ बाकी रकम बक्यौता लिनु पर्नेछ । २०७९ मसिंरदेखि भवन निर्माण शुरु भएर २०८१ असार १३ गते तोकिएको समयावधि भित्र भवन निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *