
उच्च सतर्कतामा बंगलादेश, हिन्दूहरूलाई हेल्पलाइन नम्बर दिइयो
काठमाण्डौ, ११ असोज – आगामी दुर्गा पूजा पर्वको अघि बंगलादेशका अधिकारीहरूले अल्पसंख्यक हिन्दू समुदायलाई लक्षित हिंसाको चिन्ताको बीचमा राखिएको सुरक्षा उपायहरू बढाउने आश्वासन दिएका छन्। असोज २३ देखि २७ गतेसम्म दुर्गा पूजा मनाइने भएको छ । बंगलादेशका ३२,६६६ मंडपमा उत्सव मनाइने प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयको हल अफ प्राइडमा दुर्गा पूजाका लागि आयोजित कानून व्यवस्था र सुरक्षा बैठकको अध्यक्षता गर्दै बंगलादेशका प्रहरी महानिरीक्षक (आईजीपी) मोइनुल इस्लामले पूजा मण्डपको सुरक्षामा पूर्ण सतर्कता अपनाउने बताए । आईजीपीले दुर्गा पूजा, दुर्गा पूजा पूर्व र मूर्ति विसर्जनका अवसरमा तीन तहको सुरक्षा व्यवस्था मिलाएको बताए । चाडपर्वमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरीले प्रयास गरिरहेको छ ।
सामाजिक सञ्जालमा अफवाह फैलिन नदिन प्रहरीको साइबर अनुगमनलाई मजबुत बनाइएको प्रहरी महानिरीक्षकले बताए । उन...