पासी जातीको सामाजिक अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न
नेपालगन्ज, १६ जेष्ठ – “पासी जातिको सामाजिक अवस्था सम्बन्धि अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम” नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ वडा कार्यालयमा आज शुक्रवार सम्पन्न भएको छ ।
१८औँ गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ वडा कार्यालय र भेरी साहित्य समाज केन्द्रिय समितिको संयुक्त आयोजनामा आयोजित नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ का वडाध्यक्ष प्रमोद रिजालको अध्यक्षता, कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मी ब्यानर वाचनका साथै १८ वटा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ का वडाध्यक्ष प्रमोद रिजालले पासी समुदायको हासिलो मुस्कान हेर्न चाहन्छु, पासी समुदायको अवस्था के कस्तो रहेको छ म हर समय सहयोग गरी रहेको छु र सहयोग गर्ने प्रतिवद्धता ...









