वडाअध्यक्ष बर्माद्वारा शिलान्यास गरिएको विकास निर्माण कार्य धमाधम सम्पन्न हुँदै…
नेपालगन्ज, ५ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को विकास निर्माण कार्यहरु धमाधम सम्पन्न हुँदै गर्दा स्थानीयहरुद्वारा खुशी व्यक्त गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार शर्माद्वारा विगत केही महिना अगाडी वडा भित्र संघीय, प्रदेश तथा स्थानीय तह गरी तिनै ठाउँको बजेटको उपयोग गरी वडा भित्र धेरै ठाउँमा शिलान्यास गरिएको थियो ।
उक्त शिलान्यास गरिएको स्थानहरुमा हाल विकास निर्माणका कार्यहरु सम्पन्न हुँदै गर्दा स्थानीयहरुले खुशी व्यक्त गर्दै वडाअध्यक्ष बर्मालाई धन्यवाद ज्ञापन गरेका छन् ।
सोही क्रममा नेपालगन्ज वडा नं १८ कारकाँदौं राधाकृष्ण टोलमा पीसीसी सडक निर्माण कार्य तिब्र गतिमा अगाडि बढ्नुका साथै यही असार २४ गते भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने ठेकेदारको भनाई रहेको छ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित ओम शान्ति...








