कुरा नघुमाई भन्न चाहन्छु यो ब्रमलुट नै हो !
पूर्ण प्रसाद ढकालअधिवक्ता
नेपालगन्ज, २७ श्रावण– नेपालगन्जमा एक से एक राम्रो होटलहरु छन ! प्रतिस्पर्धात्मक मुल्यमा होटलमा कोरोनाका बिरामी राख्दा गुणस्तरीय र सस्तो मूल्य पर्ने गरी राख्न सकिँदैन ? एउटा स्टाण्डर्ड कोठालाई हिजो सबथोक सहज भएका बेलामा समेत तारे होटेलले १५०० मा सबै सुविधा दिएर राखे कै थिए !आज सोल्टी होटलले समेत वरिपरिका खेतमा लागेका हरिया धान हेरेर बस्नु परेको बेला एक रात सुतेर, दुई छाक खाएको अन्य होटलले यो बेला ४०००÷५००० लिन मिल्छ ? कोरोना पोजेटिभ भएका बेला मानिस बिरामी भएर आफैमा चिन्तित हुन्छ, परिवार त्रसित हुन्छ, त्यो माथी होटलमा तिर्नु पर्ने यो दैनिक मुल्यले बिरामीको चिन्ता के बढाउँदैन होला ?हो, होटलमा ब्यवस्थापन गर्नु निकै राम्रो हो, सुबिधा हो, गर्नु पर्ने र हुनु पर्ने कुरा भए कै छ, तर त्यसको नाममा यति चक्रो मूल्य वास्तविक हो भने कुरा नघुमाई भन्न चाहन्छु यो ब्रमलुट नै हो !...








