Sunday, November 24सत्यम खबर
Shadow

कस्तो देखियो सील एरिया, क–कसले पाए छुट ! (तस्विरबाट केही झलकहरु)

नेपालगन्ज, २५ श्रावण– कोरोनाको कहर बढेसँगै नेपालगन्ज एरियालाई पूर्ण रुपमा सिल गरिएको छ । नेपालगन्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेपछि नेपालगन्जमा चार किल्ला तोकिएर सिल गरिएको छ ।


नेपालगन्जको त्रिभुवन चौकमा रहेका सुरक्षाकर्मीहरुले भेरी अस्पताल जाने बिरामी, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास प्राप्त व्यक्ति बाहेक कसैले आवत–जावत गर्न छुट नरहेको बताउँछन् ।


त्यसैगरी, अन्य स्थानमा पुष्पलाल चौक, फुल्टेक्रा चौराह, त्रिवेणीमोड, गणेशमान चौक, बाँके गाउँमा, ब्यारेक क्षेत्र लगायतका स्थानमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको थियो ।
नेपालगन्जको सुर्खेतरोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म र नहरपुर्वा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

सिल गरेको क्षेत्रमा हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएको छ ।
जिल्ला प्रसाशन कार्यालय बाँकेले शुक्रबार नै सूचना जारी गरि नेपालगन्ज सिल गर्न लागेको जनाएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले श्राउन २४ गते राती १२ बजेदेखि श्रावण २७ गते राती १२ बजेसम्मका लागि सिल गर्ने निर्णय गरेको थियो । जिल्लामा बिहीबार २८, शुक्रबार ४९ र शनिबार २० जना कोरोना संक्रमित भेटिएको छ । जसमा धेरै जना नेपालगन्जमा भेडिएका हुन ।

त्रिभुवन चौकमा सुरक्षाकर्मी तथा पत्रकार सिराज खान रिर्पोटिङ गर्दै
पुष्पलाल चौकमा सुरक्षाकर्मीद्वारा गरिएको बाटो सिल
सुनसान देखिएको गणेशमान चौक
गणेशमान चौकको पश्चिम भृकुटीनगर बाटोमा यात्रुबाट निधेषाज्ञा गरिएको अवस्थामा किन हिड्डुल गरिएको बारे जानकारी लिंदै सुरक्षाकर्मी
बाँके गाउँ जाने बाटो र ब्यारेक एरियामा सुरक्षाकर्मीहरु
भेरी अस्पताल र अदालत रोडमा सुनसान देखिएको बजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *