Monday, March 9सत्यम खबर
Shadow

रेडक्रम सोसाइटीद्धारा स्वास्थ्य सामाग्री प्रदान

तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी दाङ), २६ श्रावण– नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङले राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कोभिड १९ को जोखीमबाट नागरिकलाई सुरक्षित राख्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल रेडक्रम सोसाइटीद्वारा स्वास्थ्य सामाग्री उपलब्ध गराईएको राप्ती गाउँपालिका विपद् फोकल पर्सन सुवास भट्टाईले जानकारी दिनु भएको छ ।
विभिन्न पालिकाहरुमा जस्तै यस राप्ती गाउँपालिकाको कोरना भाईरसको संक्रमण न्युनिकरण अभियानलाई तिब्रताका साथ अघि बढाउने अभियानमा सहयोग पु¥याउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री प्रदान गरेको सभापति नारायण आचार्यले जानकारी दिनु भएको छ ।
कोभिड–१९ को जोखीमबाट नागरिकलाई सुरक्षित राख्न सन्देश मुलक फेलेक्स ब्यानर, डस्टविन, ट्वाईलेट ब्रुस, हर्पीक, फिनाईल, ओडोनिल, हाईड्रोक्लोराईड, सेनिटाईजर, सर्जिकल मास्क,सर्जिकल ग्लोब्स, मेडिकल झुल, मस्कीटो लीक्युड र महिनावारी स्वच्छता सामाग्री बक्स लगायतका सामाग्री गाउँपालिकालाई प्राप्त भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनु भएको छ ।
स्वास्थ्य सामाग्री बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तथा उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङलाई धन्यवाद प्रदान गर्नु भएको छ ।
नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङ तथा स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्यको सहयोगमा स्वास्थ्य सामाग्री उपलब्ध गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *