Thursday, November 21सत्यम खबर
Shadow

‘म पनि अछुतो रहन सकी न’ सांसद कृष्णा केसी

नेपालगन्ज, २५ श्रावण– प्रदेश ५ की सांसद कृष्णा केसी ‘नमूना’ कोरोना संक्रमित देखिएकी छन् । बाँकेबाट प्रदेशसभामा सदस्य भएकी उनमा पीसीआर परीक्षणका क्रममा शनिबार कोरोना पोजेटिभ देखिएको छ ।
सांसद केसीले आफू कोरोना पोजेटिभ भएको र आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्दै सचेत हुन सामाजिक सञ्जाल फेसबुकबाट आह्वान समेत गरेकी छन् । निर्वाचन क्षेत्रमा कोरोनाविरूद्ध काम गरिरहँदा संक्रमित भएको हुन सक्ने उनले बताएकी छन् ।
सांसद के.सी.ले ‘बिश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट म पनि अछुतो रहन सकी न । पि.सि.आर. जाँचबाट पोजेटिभ रिपोर्ट आएकोले एक हप्ता यता मेरो नजिक कनट्याक्टमा रहनु भएका सम्पूर्णलाई सेल्फ आइसुलेट तथा पि.सि.आर. जाँच गराउनुहुन अनुरोध गर्दछु ।’ भनी सामाजिक सञ्चाल फेसबुक मार्फत सबैलाई जनाएकी छन् ।
झन्डै ५ हजार संक्रमित भएको प्रदेश ५ मा भीआईपीलाई संक्रमण देखिएको पहिलो हो । यसअघि स्थानीय तहका जनप्रतिनिधिमा संक्रमण देखिएको थियो । प्रदेशका बाँके, रूपन्देही, कपिलवस्तु, बर्दिया, नवलपरासीमा समुदाय स्तरमा कोरोना देखिएको छ । यीमध्ये चार जिल्लामा निषेधाज्ञा गरिएको छ ।
प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमित निको हुने दर ९० प्रतिशतभन्दा माथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *