Tuesday, May 26सत्यम खबर
Shadow

प्रदेश ५

‘खाना बितरण कार्यक्रमले राहत प्रदान गरेको छ’ वडाध्यक्ष खत्री

‘खाना बितरण कार्यक्रमले राहत प्रदान गरेको छ’ वडाध्यक्ष खत्री

आर्थिक, प्रदेश ५, समाचार, समाज
कोहलपुर, २९ श्रावण– कोहलपुर नगरपालिका वा.नं.८ मा वडा अध्यक्ष रेशम खत्रीले खाना बितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो । माइती नेपलाले युएन ओमनको सहयोग र स्थानिय सरकारको समन्वयमा सञ्चालन गरेको पोष्टिक खाना बितरण कार्यक्रम आज (विहिबार) चवालिसौं दिनमा कोहलपुर नगरपालिकाको वा.नं.८ नयाँ बस्तिमा खाना वितरण गर्न पुगेको थियो । कोरोनाका कारण बन्दाबन्दीमा परेका, दैनिक ज्याला मजदुरी गरि जीवनयापन गर्ने व्यतिm र बिपन्न समुदायका परिवारका महिला बालबालिकालाई लक्षित गरि सञ्चालित खाना बितरण कार्यक्रमको शुभारम्भ गर्दै वडा अध्यक्ष खत्रीले यो खाना बितरण कार्यक्रमले कोरोनाका कारण समस्यामा परेका व्यतmी र परिवारका लागि राहत पुगेको बताउनुभयो । कार्यक्रममा कोहलपुर नगरपालिकाका बिधाएन समितिका संयोजक एवं वडा सदस्य भिमबहादुर नेपालीले यसरी बिपन्न समुदायलाई बस्तिमा आई खाना बितरण गरेकोमा धन्यवाद दिंदै यो संकटको ...
उपमहानगरपालिका र राजश्व कार्यालयले आईतबारदेखि सेवा सुचारु गर्ने

उपमहानगरपालिका र राजश्व कार्यालयले आईतबारदेखि सेवा सुचारु गर्ने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ श्रावण– नेपालगन्ज उपमहानगरपालिका भित्र जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगन्ज उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमा आईतबारदेखि सेवा सुचारु हुने भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा आईतबारदेखि निरन्तरता दिन लागिएको जानकारी गराउनुभयो ।नेपालगन्ज उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आईतबारदेखि सुचारु हुने नगर प्रमुख राणाले जानकारी गराउनुभयो । नेपालगन्ज उपमहानगरपालिकामामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।सेवाग्राहीले कार्यालयमा प्रवेश गर्ना साथ साबुन पानीले हात धुने, सेनिटाईजरसहित ज्वरो नाप्ने ब्यवस्था समेत मिलाइएको छ ।यसैगरी, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका...
बाँकेका २२ जनामा कोरोना संक्रमण

बाँकेका २२ जनामा कोरोना संक्रमण

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ श्रावण– जिल्लामा बिहीबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पताल नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट बाँकेका २२ सहित ३० जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालका फोकल पर्सनले जनाएका छन् । संक्रमण पुष्टि हुनेमा बर्दियाका ८ जना रहेको छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफ्नो फेसबुक स्टाटसमा भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३० जनामा संक्रमण देखिएको लेखेका छन् ।बाँकेमा बिहिबार भएको संक्रमण पुष्टिसँगै कोरोना संक्रमितको संख्या ६ सय ८५ जना पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।...
फ्लोअपः नेपालगन्ज डुबानको जिम्मेवार को ?

फ्लोअपः नेपालगन्ज डुबानको जिम्मेवार को ?

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ श्रावण– बुधवार बिहान १ बजेदेखि जारी भएको भारी बर्षाका कारण बाँकेको अधिकांश स्थान डुवान हुने खतरा बढेको छ । भारी बर्षाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ र ७ को अधिकांश टोल डुवानमा परेको छ । भारी बर्षाका कारण नेपालगन्ज वडा नं. ६ को फुल्टेक्रा गाउँभित्र, रामनगर, नयाँबस्ती, शितलनगर, हुलाकी राजमार्ग छेउ बस्ती, वडा नं. ७ को गगनगंज, रानीतलाउ नजिकका टोल डुवानमा परेका छन् । लक्ष्मी बस्नेतको घरदेखि रोहित चन्दको घरसम्म नाला निर्माण उपभोक्ता समितिका दिपेन्द्र पाठकद्वारा निर्माण गरिएको नाला, बजेट ५ लाख । तस्वीर : सत्यमखबर उक्त स्थानहरुमा वडा तथा उपमहानगरपालिकामार्फत खटाईएका ईन्जिनियरहरुको लापरवाही प्रष्ट देखिएको स्थानीयहरुको गुनासो रहेको छ । स्थानीयहरुको भनाई अनुसार रामनगरको बाटो बनाउने ठेकेदारले कमसल सामान प्रयोग गर्दा ईन्जिनियरले के हेरी बसेका थिए, हामीले जानकारी गराए पनि ...
पैसा थुप्रिएपछि घर किन्नेलाई सस्तो ब्याजदरमा ऋण दिन बैंकहरूको प्रतिस्पर्धा, कुन बैंकको ब्याजदर कति, के के चाहिन्छ कागजात ?

पैसा थुप्रिएपछि घर किन्नेलाई सस्तो ब्याजदरमा ऋण दिन बैंकहरूको प्रतिस्पर्धा, कुन बैंकको ब्याजदर कति, के के चाहिन्छ कागजात ?

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २९ श्रावण– पैसा थुप्रिएपछि घर किन्नेलाई बैंकबीच सस्तो ब्याजदरको अफर ल्याउने प्रतिस्पर्धा चलेको छ । पर्याप्त तरलता भएकाले पछिल्लो समयमा अधिकांश बैंकको आधार दर घट्दै जाँदा ब्याजदर सस्तिएको नविल बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले जानकारी दिइन् । ‘ग्राहकसँग हामीले लिने ब्याजदर आधार दरमा भर पर्छ, अहिले पर्याप्त तरलता भएकाले आधार दर घट्दै गएको छ, त्यसकारण केही वर्ष नै ब्याजदर नबढ्न सक्छ’ उनले भनिन् ।कोरोनाको प्रभावपछि ठूला उद्योग व्यवसायमा ऋणको पर्याप्त माग हुन सकिरहेको छैन । जसले गर्दा बैंकबाट प्रवाह हुने ऋणमा कमी आएको छ । यसले बैंकमै पैसा थुप्रिएको छ ।अधिकांश बैंकले एक वर्षसम्म ग्राहकसँग ब्याजदर नबढाउने प्रतिवद्धतासमेत जनाएका छन् ।हालै निक्षेपमा ब्याजदर घटाएर बैंकले नयाँ घर, गाडी किन्न सस्तो ब्याजको अफर ल्याउन थालेका हुन् । घर र गाडीमा बैंकबीच सस्तो ब्याजदरमा ऋण दिन...
राप्तीको छैठौ गाउँसभा सम्पन्न

राप्तीको छैठौ गाउँसभा सम्पन्न

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
तिर्थराज ज्ञवालीमसुरीया (दाङ), २८ श्रावण– राप्ती गाउँपालिकाको छैठौ गाउँसभा सम्पन्न भएको छ । गाँउपालिकाको छैठौ सभाको तेस्रो बैठकमा बार्षिक ५५ करोड २३ लाख १६ हजार ४ सय ९८ बजेट पारित गर्दै सभा सम्पन्न भएको हो । संघिय समानिकरण, संघिय शशर्त, संघिय समपुरक, प्रदेश शशर्त, प्रदेश विशेष, प्रदेश समपुरक, संघिय राजश्व बाँडफाड, प्रदेश राजश्व बाँडफाड, आन्तरिक श्रोत र गत बर्षको मौज्दात गरि यस आर्थिक वर्षको कुल बजेट पारीत गरिएको छ ।राप्ती गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सभामा संसोधित बजेट पारित गर्दै गत वर्षको चालु ७६.२१ तथा पुजिगत तर्फ ६१.५१ प्रतिशतको वित्तीए प्रगति रहेको जानकारी गरिएको छ । राप्ती गाउँपालिकाको वातावरण क्षेत्रमा कार्य गर्न सहजताको लागि राप्ती गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा ब्यवस्थापन गर्न बनेको ऐन २०७७ पारित ...
थर्ड एलायन्सको ध्यानाकर्षण

थर्ड एलायन्सको ध्यानाकर्षण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ श्रावण– तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले बाँके जिल्लामा सञ्चालनमा रहेका आइसोलेसनहरुको मापदण्डका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । थर्ड एलायन्सले एक विज्ञप्ति जारी गर्दै संक्रमितहरुको संख्या बृद्धि हुने क्रम आईसोलेसन थप गर्ने निर्णय स्वागत योग्य भएको उल्लेख गर्दै होटलले आईसोलेसन बनाउनलाई तयार हुनु सकारात्मक पक्ष भए पनि आइसोलेसन सेन्टरमा बस्ने संक्रमितको उपचार तथा अन्य सुविधा प्रदान गर्नु सरकारको दायित्वभित्र परे पनि आइसोलेसन सेन्टरको रुपमा परिणत भएको नेपालगन्जको एक होटलले बिरामीहरुबाट चर्को रुपमा रकम असुली गरिरहेको पाइएकोले थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।कोहलपुरमा रहेको मेडिकल कलेजमा बनाइएको आइसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितले वार्डमा खाना, पानी, फोन सुविधा तथा स्वास्थ्यकर्मीको उचित प्रबन्ध नरहेको भन्दै अन्यत्र राख्न माग...
केही छुटसहित शुक्रबार ३० गतेसम्म निषेधाज्ञा जारी

केही छुटसहित शुक्रबार ३० गतेसम्म निषेधाज्ञा जारी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ श्रावण– बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमणको गति र फैलावटलाई न्यूनिकरण गर्न मिति ०७७ श्रावण ३० गते शुक्रबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । मंगलबार कोभिड–१९ को बैठकमार्फत शुक्रबार ३० गतेसम्म निषेधाज्ञा जारी रहने जनाइएको छ । तर त्यसमा भने केही छुट गरिएको छ । अत्यावश्यक काम बाहेक घरबाट ननिस्कने, भिडभाडमा नजाने, कुनै किसिमको भेला, सम्मेलन जमघट हुने आदि कार्य नगर्ने, विवाह, ब्रतबन्ध, मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरुमा न्यूनतम सामाजिक दुरी कायम गरी १५ जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता नगराउने, २८ गते देखि अत्यावश्यक सेवाहरु र अत्यावश्यक प्रकृतिका पसल व्यवसाय सञ्चालन गर्ने । बैंक तथा वित्तीय संस्थाहरुको हकमा २९ गते देखि आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी सेवा...
नेपालगन्जको अधिकांश वडा डुबानमा

नेपालगन्जको अधिकांश वडा डुबानमा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ श्रावण– बुधवार बिहान १ बजेदेखि जारी भएको भारी बर्षाका कारण बाँकेको अधिकांश स्थान डुवान हुने खतरा बढेको छ । भारी बर्षाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ र ७ को अधिकांश टोल डुवानमा परेको छ । भारी बर्षाका कारण नेपालगन्ज वडा नं. ६ को फुल्टेक्रा गाउँभित्र, नयाँबस्ती, शितलनगर, हुलाकी राजमार्ग छेउ बस्ती, वडा नं. ७ को गगनगंज, रानीतलाउ नजिकका टोल डुवानमा परेका छन् ।वडाको लापरवाहीले टोल नै डुवान भएको स्थानियवासीले जनाएका छन् । समय मै नाली निर्माण नहँुदा डुवानबाट समस्या झेल्न परेको उनीहरुको गुनासो रहेको छ । रातभर बर्षाका कारण बाँकेको राप्ती नदि र डुडुवा खोलाको सतह बढ्ने भएको हुनाले सचेत रहन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ । रातभर वर्षका कारण बाँकेका होचा स्थानमा डुवान हुन सक्ने सम्भावना देखिएको छ । बुधबार बिहानपख बाँकेको कुसुम, नेपालगन्ज, कोहलपुर, खज...
आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाउँदै

आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाउँदै

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २७ श्रावण– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्...