Saturday, November 23सत्यम खबर
Shadow

आज २६ थपिएसँगै बाँकेमा संक्रमित संख्या ६५७

नेपालगन्ज, २७ श्रावण– बाँकेमा मंगलवार बिहान ११ बजेसम्म थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले आफ्नो फेसबुक स्टाटसमा भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको लेखाका छन् ।

योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । तीमध्ये चार सय पाँचजना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा कोरानाबाट दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *