Monday, March 9सत्यम खबर
Shadow

अाईतबार ३० प्रहरीसहित ४६ जना संक्रमित

बाँकेमा काेभिड-19 का संक्रमितहरूकाे संख्या दैनिक थपिदै गएकाे छ । बाँकेमा अाईतबार ४६ जनामा काेराेना पाेजेटिभ पुष्टि भएकाे छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएकाे पिसिअार परिक्षणमा थप ४६ जना पुष्टि भएका छन् । बाँके जिल्ला प्रमुख रामबहादुर कुरूम्वाङले फेसबुकमा दिएकाे जानकारी अनुसार त्यसकाे पुष्टि गरिएकाे छ । जस मध्ये धेरै संख्या प्रहरी कै रहेकाे छ ।
अाईतबार थप भएका संक्रमितसहित बाँकेमा जम्मा ६ सय १५ पुगेकाे जिल्ला स्वाथ्य कार्यालय बाँकेका फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *