Saturday, November 23सत्यम खबर
Shadow

अष्टधातुले निर्मित शिवको मुर्ति चोरी

नेपालगन्ज, २७ श्रावण– नेपालगन्ज वडा नं–७ मा तीन महिना अघि मुर्ति फेला परेको भनी चार जना स्थानीय बालकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सुमित नाग, प्रायुस नेपाली, सुबोध नेपाली तथा शिवदेव नेपालीलाई शिवको मुर्ति भेटाएको खुशीमा अबिर लगाएर सम्मान गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा रहेको उक्त मन्दिर जहाँबाट मुर्ति चोरी गरिएको । फोटो ः सत्यम खबर


तर आज सोही मुर्ति चोरी भएको छ । उक्त मुर्तिलाई मन्दिरमा प्राण प्रतिष्ठा गरी विधिवत रुपमा पूजा गर्दै आईरहेका मन्दिरका पुजारी धिरेन्द्र पाठक परिवारसहित अबेर रातीसम्म जागे पनि सुतेको मौका छोपी चोरले मुर्ति चोरी गरेको हुन सक्ने स्थानीयबासीहरुको भनाई रहेको छ ।
करिब तीन महिनाअघि नेपालगंजको पुरानो स्थल भगवान तलाउ, त्यसै तलाउको दक्षिण छेउ मै नाला बनाउनलाई खुदाई गरिएको ठाऊँमा ब्याघ चर्ममाथी बिराजमान भगवान शिवको कलात्मक चाँदीको अन्दाजी ६ किलो वजन भएको मूर्ति भेटिएको भगवान तलेश्वरनाथ मन्दिर निर्माण समिति वडा नं. ७ का अध्यक्ष बिनोद कश्यपले बताउनुभयो ।

वडा नं. ७ मो रहेको मन्दिरमा प्राण प्रतिष्ठा गरी राखिएको अवस्थामा मुर्ति । फोटो ः फेसबुक


सोही बेला उक्त अष्टधातु निर्मित शिवको मुर्ति मन्दिरमा स्थापना गरिएको थियो । उक्त मुर्तिका विषयमा वडा नं–१३ का एक व्यक्तिले आफ्नो भनेर दावी समेत गरेका थिए । तर व्यवस्थापन समिति र दावीवाला बसेर सहमति गरी मन्दिरमा मुर्ति स्थापना गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ वडाअध्यक्षको भनाई अनुसार मन्दिर भित्र प्रवेश गर्ने अन्य कुनै बाटो समेत नभएको बेला चोरीको घट्ना रहस्यमय बनेको बताउँछन् ।
नेकपा वडा कमिटि वडा नं. ७ का अध्यक्ष प्रशान्त श्रेष्टले भन्नुभयो– ‘सम्पूर्ण वडाबासीहरुको भावनालाई सम्मान गर्न उक्त मुर्तिलाई मन्दिरमा प्राण प्रतिष्ठा गरिएको थियो तर आज सोही मुर्ति चोरी हुँदा वडाबासीहरु दुखी भएका छौं, सुरक्षा निकायले चोरी गर्ने चोरलाई छिटोभन्दा छिटो पक्राउ गरी मुर्ति पुनःस्थापना गर्न सहयोगको लागि अनुरोध गर्दछु ।’
यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताले ‘हाल चोरी भएको मुर्ति बारे अनुसन्धान भईरहेको छ, वर्तमान अवस्थामा केही भन्न सकिने छैन’ बताउनुभयो ।

तीन महिना अघि मुर्ति भेटाउने र सम्मानित हुने बालकहरुको हातमा मुर्ति
फोटोः फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *