Tuesday, March 31सत्यम खबर
Shadow

अपडेटः शुक्रबार १५ महिलासहित ४० जनामा कोरोना पुष्टि

नेपालगन्ज, १९ भाद्र – भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्याबमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ४० जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।
कोरोना पुष्टि भएकाहरुमा बाँकेको कोहलपुर, नेपालगन्ज, डुडुवा गाउँपालिका लगायत स्थानका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


योसँगै जम्मा १ हजार १ सय ७९ जनामा कोरोना संक्रमित पुष्टि भई सकेको छ भने ३ सय ७० जना हाल उपचाररत रहेको स्वास्थ कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार आज शुक्रबार डिस्चार्ज भएका २० जना गरी जम्मा ८ सय ३ जना निको भई घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *