Thursday, March 12सत्यम खबर
Shadow

अब २२ सय रुपैयाँमा कोरोना परीक्षण ! ‘सरकारले सबैको निःशुल्क परिक्षण गर्नुपर्छ’– पत्रकार खान

नेपालगन्ज, १८ भाद्र – भेरी अस्पताल नेपालगन्जमा अब २ हजार २ सय रूपैयाँ शुल्क तिरेर पिसिआर परीक्षण गराउन सकिने व्यवस्था गरिएको छ ।
भेरी अस्पतालमा सञ्चालित पिसिआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पिसिआरको स्वीकृति पाएसँगै अब आम सर्वसाधारणले कम शुल्कमा पिसिआर परीक्षण गराउन सकिने व्यवस्था गरिएको छ ।

फाईल तस्वीर


अस्पताल समितिको बिहीबार बसेको बैठकले पिसिआर परीक्षण शुल्क निर्धारण गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बिहीबारको बैठकले यस्तो निर्णय गरेको जानकारी गराउनुभयो ।
उहाँका अनुसार शुक्रबारदेखि चाहेको व्यक्तिले कोरोना परिक्षण गराउन सकिने व्यवस्था भेरी अस्पतालमा मिलाएको बताउनुभयो ।


तर यसबारे सार्वजनिक सञ्चालनमा विरोध गरिएको छ । बुधबार स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले आफ्नो स्टाटसमा ‘भेरी अस्पताल प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नेसनल टे«सि· गाईडलाईन फार कोभिड–१९ लाई निःशुल्क निरन्तर हुनेछ भने व्यक्तिगत प्रयोजनका लागि सशुल्क आरटि–पिसिआरको स्वीकृति प्राप्त गरेको छ । अब जो सुकैले आफ्नो व्यक्तिगत प्रयोगका लागि सशुल्क सपिसिआर जाँच गर्न सक्नेछन्’ भनी लेखेका छन् ।
त्यसको विरोधमा वरिष्ठ पत्रकार सिराज खानले ‘सरकारी अस्पतालमै यसरी सशुल्क गर्नु ठिक लागेन । सरकारले सबैको निःशुल्क परिक्षण गर्नु पर्छ । रकम तिरेर गराउन निजीलाई दिएकै छ त । यो गलत हो सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने संविधानको भावना विपरित पनि हो । सरकारले सबैको निःशुल्क गर्नुपर्छ । सरकारी अस्पतालमा शुल्क लिनु ठिक होईन ।’ भनी लेखेका छन् ।
त्यसको प्रतिकार गर्नेलाई वरिष्ठ पत्रकार खानले ‘तपाईहरुले नै ल्याबमा लोड धेरै भयो, जनशक्ति पुगेन, रिपोर्टमा ढिलाई भयो भनी रहेको बेला झड लोड थप्ने गरि पैसा लिएर परिक्षण गरि लोड बढाउने काम गरिंदैछ । त्यसमा तपाईहरु नै डिफेन्स गर्दै हुनुहुन्छ । अचम्म लाग्यो ।’ भनी लेख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *